बेइजिङ । चीनको भ्रमणमा बिहीबार बिहान बेइजिङ पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङबीच भेटवार्ता भएको छ । चिनीया राष्ट्रपति सि ले चीनको पुरानो मित्र भनेर सम्बोधन गर्दै समकक्षी पुटिनलाइ राजकीय भ्रमणमा स्वागत गरेका हुन् ।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको गोप्य भेटवार्तामा रुसका राष्ट्रपति पुटिनले पाँचौँ कार्यकालका लागि सपथ ग्रहण गरेकोमा राष्ट्रपति पुटिन र रुसी जनतालाई हार्दिक बधाई दिँदै राष्ट्रपति पुटिनको नेतृत्वमा रुसले पक्कै पनि नयाँ र ठूलो प्रगति गर्ने विश्वास व्यक्त गरे ।
‘एक शताब्दीको तीन चौथाई लामो समयसम्म, चीन–रूस सम्बन्ध उतार–चढ़ावका बाबजुद बलियो हुँदै गएको छ र अन्तर्राष्ट्रिय परिदृश्य परिवर्तनको परीक्षामा खडा भएको छ । यो सम्बन्ध प्रमुख देशहरू र छिमेकी राष्ट्रहरूका लागि एकअर्कालाई सम्मान र स्पष्ट व्यवहार गर्ने र मित्रता र पारस्परिक हितलाई पछ्याउनको लागि राम्रो उदाहरण बनेको छ’, सी ले भने ।
आफू र पुटिनबीच २० भन्दा बढी पटक भेट भएको जनाउँदै राष्ट्रपति सीले चीन र रुस सम्बन्ध कडा मेहनतले कमाएको जनाउँदै दुवै पक्षले यसलाई कदर गर्न र झन् प्रगाढ बनाउन आवश्यक रहेको बताएका हुन् । चीन र रुस सम्बन्धको स्थिर विकास दुई देशका जनताको आधारभूत हितका लागि मात्र नभएर यस क्षेत्र र विश्वको शान्ति, स्थायित्व र समृद्धिको लागि पनि अनुकूल रहेको उनले प्रष्ट्याए । (सिन्ह्वानेट)
नेपालपत्र संवाददाता