शुक्रबार, कार्तिक ७ गते २०८३

वर्तमान व्यवस्थाका असफलताका १० उदाहरण

जेठ २, २०८१ बुधबार
वर्तमान व्यवस्थाका असफलताका १० उदाहरण

महदीप पोखरेल

२००७ देखि ६२/६३ सम्म नै नेपालमा राजनैतिक व्यवस्था परिवर्तनका अनेकन आन्दोलन भए र अनेकन राजनैतिक परिवर्तन पनि भए। विशेषगरी ०६२/०६३ को परिवर्तन पछि निकै आसा र भरोसा पलाएको थियो, तर त्यसपछि पनि देश घुमीफिरी पुरानो असफल संसदीय  व्यवस्थाकै चपेटमा प¥यो। विगतदेखि वर्तमानसम्म देखे–भोगेको १० वटा यथार्थहरु यहाँ पेश गरेको छु।

१) क्रान्ति नायक मानएिकाहरु सत्तामा पुगे । अनि अब देश र जनताको आर्थिक, सामाजिक, साँस्कृतिक भलो गर्लान् भनेको त आफ्नै वर्ग परिवर्तन गरे, ती नायकबाट खलनायकमा पतन भए। सरकारको कुर्सीमा विराजमान हुँदै परिवारवाद र आसेपासे संरक्षणको संस्कारलाई सँस्थागत तुल्याए ।

२) पद, पावर, भागबण्डा आदिमा राजनैतिक पार्टीहरुमा जतिसुकै झगडा भए पनी ठूल्ठूला भ्रष्टाचारका घटनाहरुमा र राष्ट्रघातका मामिलामा अचम्मको शासकीय एकता देखियो। हाल एमसिसि र विगतमा पनि महाकाली सन्धिमा गजबको राष्ट्रिय एकता प्रदर्शन गरे।

३) देशमा सरकारलाई आलोचना गर्ने,सुझाव दिनसक्ने बातावरण छैन। अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देजको अभ्यास मात्र होइन, जेलनेल र गैर न्यायिक हत्यासम्म हुनसक्छ। अहिले पनि राजनैतिक आस्थाका आधारमा र सामाजिक संजालमा लेखे बापत मुद्दा र जेलनेलमा मान्छेहरु कोचिएका छन्। झूठा मुद्दा त सामान्य भइसकेको छ।

४) राष्ट्रिय अस्मितामा चोट पुग्ने एमसीसी जस्ता घातक परियोजना स्वीकृत गराउनका निम्ति अनेकन हर्कतहरु गरे।देशले असंग्लन परराष्ट्र नीतीको ट्याक छोड्दैछ, वैदेशिक सैन्य संगठनको पिछलग्गु बन्दैछ।कुनै दिन नेपाल भन्ने देशको परिस्थिति युक्रेन जस्तो बन्न सक्ने खतरा छ ।

५) हाम्रो भूमिको रक्षा गर्न नेपाल सरकार असफल हुँदै गएको छ।देश झनै खुम्चिदै गएको छ।सरकारको कुटनैतिक क्षमता रत्तिभर छैन। भरतीय अतिक्रमण र मिचाह प्रवृत्तिको बिरोध गर्न बन्देज छ। नागरिकहरुले लाठी र हिरासतको पुरस्कार पाएका छन।आजको दिनसम्म आउँदा चिनको भूमिका पनि हाम्रो राष्ट्रिय अस्मिताको हकमा शंकास्पद हुँदै गएको छ।यसै बिच कालापानी, लिपुलेक,लिम्पियाधुरा समेटेर नक्सा जारी गरियो,सरकारी कागजातमा त्यस्को प्रयोग भयो,तर ब्यबहारिक रुपमा नेपालले जमिन फिर्ता ल्याउन सकेको छैन,राष्ट्रबादको नाममा केवल भोटको खेती वा स्टन्ट मात्र भएको छ।

६) अझै पनि देशका उत्पीडित जाती, क्षेत्र, लिङ्ग र बर्गले परिवर्तनको असल परिणाम केही भोग्न पाएका छैनन्, तर सत्तामा बस्नेहरुलाई मात्र ऐस छ।अन्तरजातीय प्रेम विवाह गर्नेहरुलाई सामाजिक बहिष्कार मात्र होइन हत्या समेत गरिएका छन् । दलित,उत्पीडित समुदाय जात व्यवस्थाको कहरमा पिल्सिएका छन्।

७) देशको अर्थ व्यवस्था, शिक्षा, स्वास्थ्य, जमिन पुरै माफिया, दलाल र बिचौलियाहरुको कब्जामा छ। सरकार समाजवादको झूठाे नारा दिन छोड्दैन। प्राकृतिक श्रोतसाधनको अत्याधिक दोहन भइरहेको छ। देश मरुभूमिकरणतर्फ अगाडी बढिरहेको हेक्का नै छैन । किसान ,मजदुरहरुको जीवनस्तर उकासिएको छैन। आफ्नो उत्पादन र श्रमको उचित मुल्य पाएका छैनन। उनीहरु रोग र ऋणले थलिएका छन् । संविधानतः समाजवाद उन्मुख व्यवस्था भनिएपनि देश नवउदारीकरणतर्फ नै बढिरहेको छ। देशका श्रोतहरु बहुराष्ट्रिय कम्पनीको कब्जामा पुग्दैछन् र राजनैतिक नेतृत्वहरु कठपुतलीमा परिणत भएका छन् ।

८) देशमा आईपरेको कुनैपनी प्राकृतिक प्रकोप र महामारीको संकटको क्षति कम गर्न र असल ब्यबस्थापन गर्न राज्य असफल हुँदै गएको छ।उदाहरणको निम्ति ८०/८१ सालमा बनमा लागेको आगलागी नियन्त्रण गर्न राज्य पुर्णतः असफल भयो। कयौं जनधनको क्षति भयो। अन्त्यमा पानी प¥यो, अनिमात्र सबै सामसुम भएको छ।

९) देशको ठूलो यूवा जमात वैदेशिक रोजगारीमा छ। यो क्रम घट्दो होइन, बढ्दो छ। सरकार आफै अनेक देशसँग श्रम सम्झौता गर्ने, यूवालाई पासपोर्ट घरघरमा पु¥याउँदै छ।यसैलाई सरकारको सफलताको रूपमा ब्याख्या गरिन्छ। मानौं यूवाहरु नै राष्ट्रको समस्या हुन,सरकार उनीहरुको निकासी चाहन्छ। देश यसरी उल्टो दिशामा फसेको छ।

१०) देशभित्र सत्ता वा कुनै निर्दिष्ट पार्टी समर्थकहरुको यस्तो खतरनाक पाल्तु झुण्डहरु तयार गरिएको छ, सरकारको आलोचना र गलत कामको भण्डाफोर गर्ने जोसुकैलाई जहाँसुकै आक्रमण, गालीगलौज जे पनि गर्न सक्छन्। मानौं उनिहरुलाई कानुन लाग्दैन। ‘राइट म्यान, राइट पोजिसन’ छैन। राज्यका महत्वपूर्ण अंगहरुमा लठैत र नातागोताले भरिएका छ्न र उनिहरुको उद्देश्य “लुट कान्छा लुट’’ भन्दा अर्को छैन। नयाँ आएका रास्वपा लगायतका राजनैतिक शक्तिमा पनि स्टन्टबाजी, चटकेपन, आक्रोश र घृणा बाहेक कुनै भिजन देखिँदैन। 

यहाँनेर एउटा कुरा अत्यन्त महत्वपूर्ण छ, कुन कारणले नेपालमा यति बिध्न वैदेशिक हस्तक्षेप छ र नेताहरू उनिहरुको अगाडि लुत्रुक्क पर्छन ?? यसको कारण हो – ००७ देखि ०६२/०६३ सम्म कै हरेक राजनैतिक परिबर्तनमा जनताले जतिसुकै बलिदान र सहभागिता जनाए पनि यसका सहजकर्ता बिदेशीहरु थिए। आन्दोलनको निर्णायक घडीमा उनिहरु नै हर्ताकर्ता भए, अनि आफ्नै हितमा निर्णय गराए।परिबर्तन पछिको फाइदा पनि बिदेशीहरुले नै लिईरहेका छन्। नेपालका अपबादलाई छोडेर प्रायः सबै नेताहरू दलाल र जनतालाई रैती बनाउन सफल भएका छन।के यसैको निम्ति २००७ देखि ०६२/०६३ सम्म अनेकन आन्दोलन भएर नेपालीले रगत र पसिना बगाएका हुन ?? शहीद,अपाङ्ग र बेपत्ता भएका हुन ?? यी सबै बिसंगतहरुको उपचार अब के हुन सक्छ ?? खराब ब्यबस्था हो कि नेतृत्वहरु हुन् ,अथवा यी दुबै खराब छन ?मेरो विचारमा अहिलेको यो ब्यबस्था र नेतृत्व पुस्ता पनि पुर्ण असफल मात्र होइन देश र जनताको निम्ति घातक सिद्ध हुँदै गएको छ,र खराबी नेतृत्वहरुमा छ, अनि ब्यबस्थामा पनि। यी सबै बिषयहरु हामीले पुनः गम्भीररुपमा मनन गर्नपर्ने समय हो यो, नत्र सबै बिषय भड्खालोमा जाकिएपछि मात्र बिलौना गरेर केही उपलब्धि हुनेवाला छैन।