शनिबार, आश्विन १७ गते २०८३

सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रपतिले भने अर्थतन्त्रमा सुधार भइरहेकाे छ

जेठ १, २०८१ मंगलबार
सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रपतिले भने अर्थतन्त्रमा सुधार भइरहेकाे छ

काठमाडाैं । आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम संसदमार्फत सार्वजनिक गरेका हुन्। 

संसद् भवन नयाँ बानेश्वरमा संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताए ।

सरकारले वित्त तथा मौद्रिक नीतिको सामञ्जश्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको उनले बताए। उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको मूल्य वृद्धिदर पनि घटेको समेत उल्लेख गरे । 

उनले  बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको, शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए ।