शनिबार, आश्विन १७ गते २०८३

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी

बैशाख ३१, २०८१ सोमबार
नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरसहितको र्‍याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभा गरिएको थियो । 

प्रभातफेरी प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल, दिनेश कुमार लाल लगायत कर्मचारीहरू सहभागिता रहेको थियो । 

वार्षिकोत्सवको अवसरमा प्राधिकरणको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीद्वय हरिबहादुर सुवेदी र हरेराम श्रेष्ठलाई सम्मान गरेको छ ।  त्यसैगरी निबन्ध प्रतियोगितामा बागमती प्रदेशकी विजेता गीता कुमारी शाहलाई पुरस्कृत भएकी छिन् । वार्षिकोत्सवका अवसरमा आयोजित फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि मेडल र ट्रफी प्रदान गरिएको थियो ।