आइतबार, आश्विन १८ गते २०८३

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा


बैशाख ३१, २०८१ सोमबार
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिएका छन् । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सरकारमा सहभागी रहेका यादवले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यादवले राजीनामा पत्र पठाएका हुन् ।

राजीनामापत्रमा यादवले भनेका छन् ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’।

मन्त्री यादवसँग साेही दलका तर्फबाट वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।