शनिबार, आश्विन १७ गते २०८३

विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्याे, नाै महिनामा १० खर्ब ८२ अर्ब भित्रियाे


बैशाख ३०, २०८१ आइतबार
विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्याे, नाै महिनामा १० खर्ब ८२ अर्ब भित्रियाे

 

विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई रु.१०८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक तथा वित्तीय विवरण अनुसार त्यस अविधिमा वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या ३, २९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने संख्या संस्थागततर्फ ३,८७,८३९ र व्यक्तिगततर्फ २,१७,९५९ रहेको थियो ।