राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति पौडेल उनको राजिनामा स्वीकृत गरेका हुन् ।
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै डा नेपालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको जनाइएको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा। नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’, विज्ञप्तिमा भनिएको छ ।
नेपालले एक सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा सय रूपैयाकाे नोटमा नयाँ नक्शा छाप्ने सरकारको निर्णय अनुपयुक्त समयमा आएको र भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी हुने बताएका थिए ।
नेपालपत्र संवाददाता