सोमबार, आश्विन १९ गते २०८३

माथिल्लो अदालतको सशर्त अन्तरिम जमानतमा केजरीवाल रिहा हुँदै

बैशाख २८, २०८१ शुक्रबार
माथिल्लो अदालतको सशर्त अन्तरिम जमानतमा केजरीवाल रिहा हुँदै

काठमाण्डाै । बीजेपी सरकारले कथित भ्रष्टचारको मुद्दामा जेलमा थुनेका दिल्लीका मूख्य मन्त्री अरबिन्द केजरीवाल सुप्रिम कोर्टको सशर्त अन्तरिम जमानतमा रिहा हुने भएका छन् । मूख्य मन्त्री यसरी अन्तरिम जमानतमा छुटे पनि उनी मूख्य मन्त्रीको कार्यालय जान, आधिकारिक निर्णय फायलहरुमा आफ्नो हस्ताक्षर गर्न भने पाउने छैनन् । त्यसरी नै उनको मुद्दामा कुनै टिकाटिप्पणी गर्न र मुद्धासँग सम्बन्धित साक्षीहरुसँग सम्बाद गर्न पनि उनले पाउने छैनन । 
यति काडा शर्तकासाथ जमानतमा माथिल्लो आदालतले  दिएको यो अन्तरिम जमानत आदेशलाई बिपक्षी दलका नेताहरुले सत्यको जीत भनेर खुशी प्रकट गरेका छन् । 
आम आदर्मी पार्टीले त झूटा  मुद्धा लगाएर चुनावलाई प्रभाव पार्न खोजेको सत्ताधारी बीजेपीको हारको शुरुवातको रुपमा यसलाई लिएको बताइदछै ।