शनिबार, आश्विन १७ गते २०८३

आर्थिक गतिविधि चलायमान बनाउन भन्सार दर कम गर्नुपर्नेः चेम्बर

बैशाख २७, २०८१ बिहीबार
आर्थिक गतिविधि चलायमान बनाउन भन्सार दर कम गर्नुपर्नेः चेम्बर

सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने उद्योगी व्यवसायीले बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्समा आबद्ध उद्योगी व्यवसायीहरूले सरकारले ल्याउने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्ने माग गरेका हुन् । पछिल्लो समय अर्थतन्त्र शिथिल अवस्थामा रहेको भन्दै सरकारले नीतिगत रूपमा सुधारको पहल गर्न आवश्यक रहेको बताए ।

एक कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको जनाउँदै पछिल्लो समय जलविद्युत् र पर्यटन क्षेत्रबाहेक अन्य व्यावसायिक क्षेत्र शिथिल रहेको जिकिर गरे । अध्यक्ष अग्रवालले भन्सार दर कम गरी कारोबार मूल्यलाई मान्यता दिए मात्रै पनि व्यापार व्यवसाय माथि उठ्नसक्ने जनाए । बैंकको ब्याजदर अझै घटाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।