आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी सनराइज बैंकका उपत्यकाका दुई शाखा स्थानान्तरण

बैशाख २७, २०८१ बिहीबार
लक्ष्मी सनराइज बैंकका उपत्यकाका दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । 

काठमाडौं महानगरपालिकाको वडा न। १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न।१६ स्थित खरिबोट, बनस्थली र काठमाडौं महानगरपालिकाको वडा न। २६ मा रहेको गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरेको हो। 

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भएसँगै लक्ष्मी बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ। 

लक्ष्मी सनराइज बैंकका २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।