शुक्रबार, कार्तिक ७ गते २०८३

हाइड्रोजन इन्धनका अनुसन्धानका लागि मुक्तिनाथ विकास र केयुबीच सहकार्य


बैशाख २४, २०८१ सोमबार
हाइड्रोजन इन्धनका अनुसन्धानका लागि मुक्तिनाथ विकास र केयुबीच सहकार्य

 

मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानमा सहयोग गर्ने भएको छ । त्यसका लागि काठमाण्डौ विश्वविद्यालय र बैंकबीच सम्झौता भएको हो । उक्त विश्वविद्यालय अन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि बैंकले आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा। भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा। बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।