शनिबार, आश्विन १७ गते २०८३

सरकारी रवैयाका कारण इन्टरनेट सेवामा समस्या भयाेः इस्पान


बैशाख २३, २०८१ आइतबार
सरकारी रवैयाका कारण इन्टरनेट सेवामा समस्या भयाेः इस्पान

इन्टरनेट सेवाप्रदायक संघ (इस्पान) ले इन्टरनेट सरकारले  सेवा उ‌द्योग नै धराशायी हुने अवस्था सिर्जना भएको जनाएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सम्बन्धी सिफारिस नदिँदा अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ सेवा अवरुद्ध हुन पुगेको इस्पानले जनाएको हो । इन्टरनेटको पहुँच सुनिश्चित गर्ने कार्यमा मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दुवै जिम्मेवार र संवेदनशील हुनुपर्ने उसले बताएको छ ।

इस्पानले तेह्र महिनादेखि दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस नदिँदा एयरटेललगायतका अपस्ट्रिम सेवा प्रदायकहरुले भुक्तानी नपाएको गुनासो गरेको छ । आइस्पानले जारी गरेको विज्ञप्तिमा विदेशी मुद्रामा भुक्तानी दिन नपाउँदा अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ सेवा अवरुद्ध भएको स्मरण गराएको छ।

‘सेवा प्रदायकहरूले भुक्तानी नभएमा इन्टरनेट सेवा अवरुद्ध गर्ने भनि पत्र पठाएका थिए र उक्त पत्र समेत इन्टरनेट सेवा प्रदायक सङ्घ इस्पानमार्फत नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएका थियौँ । मन्त्रालय र प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत यस विषयलाई गम्भीरतापूर्वक लिइएको छैन । जसकारण इस्पानले आफूले नेटवर्क सेवा प्रदायकहरुलाई प्रदान गर्दै आइरहेको सेवा अवरुद्ध गरेको थियो,’ इस्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

डिजिटल नेपाल निर्माणमा इन्टरनेट सेवा प्रदायकले महत्त्वपूर्ण र अपरिहार्य भूमिका खेल्दै आएको र दसौं हजारौलाई रोजगारी दिई अर्बोको लगानी भएको निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकलाई प्रोत्साहन गरी लगानीको सुरक्षा गर्ने दायित्व नेपाल सरकारको रहेको इस्पानले जनाएको छ । आइस्पानले मन्त्रालयबाट विदेशी मुद्रा सिफारिस पाउनासाथ विदेशी अपस्ट्रिम सेवा प्रदायकहरुलाई अविलम्ब विदेशी मुद्राको भुक्तानी गर्ने पनि इस्पानले जनाएको छ ।