आइतबार, कार्तिक ९ गते २०८३

प्रभु इन्स्योरेन्सको साधारण सभाद्वारा ५ प्रतिशत लाभांश पारित


बैशाख २३, २०८१ आइतबार
प्रभु इन्स्योरेन्सको साधारण  सभाद्वारा ५ प्रतिशत लाभांश पारित

 प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९र०८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । 

वार्षिक साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । 

त्यसैगरी कम्पनीलेनेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृत बोनश सेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कुसुम लामाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब प्रस्तु गरेकी थिइन् ।