शुक्रबार, कार्तिक ७ गते २०८३

जापानी बिदेशमन्त्री याेकाे नेपाल भ्रमणमा आउँदै


बैशाख २३, २०८१ आइतबार
जापानी बिदेशमन्त्री याेकाे नेपाल भ्रमणमा आउँदै


जापानी विदेशमन्त्री कामिकावा योको आज नेपालको उच्चस्तरीय भ्रमणमा आउँदैछिन् । उनी भ्रमणमा एक दिनका लागि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी  दिए ।

उनले दुई देशको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै जापानबाट यो भ्रमण हुन लागेको  बताए । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । आफ्ना नेपाली समकक्षी नारायणाकाजी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेकोको छ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि यो उनको  पहिलो नेपाल भ्रमण हो । यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो। यस भ्रमणले सोही द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपालस्थित जापानको दूतावासले लिएको छ।