शुक्रबार, कार्तिक ७ गते २०८३

मुलुकको अर्थतन्त्रका सूचकहरु  सकारात्मक दिशातिर अघि बढेको छः प्रधानमन्त्री दाहाल

बैशाख २१, २०८१ शुक्रबार
मुलुकको अर्थतन्त्रका सूचकहरु  सकारात्मक दिशातिर अघि बढेको छः प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलन  सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु  सकारात्मक दिशातिर अघि बढेको बताएका छन् ।शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै  उनले  लगानी सम्मेलनमा उत्साहजनक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे । 

वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको उनले बताए ।  वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको उनले बताए । उनले भने‘ बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ । सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ  ।’प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जनाए । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता