शुक्रबार, कार्तिक ७ गते २०८३

नेपालकाे पहिलाे मजदुर हडतालकाे सम्झना


बैशाख १९, २०८१ बुधबार
नेपालकाे पहिलाे मजदुर हडतालकाे सम्झना
आज मई दिवसमा सम्झनुपर्ने नेपालको पहिलो विशाल मजदुर आन्दोलन र पहिलो मजदुर सहिद : साथमा मई दिवसको रोचकता
****
नेपालमा २००३ फागुन २१ गते इतिहासमै पहिलो पटक बिराटनगरमा मजदूर हड्ताल चल्यो । मजदूर युनियनलाई स्वीकृति दिइयोस, आठ घन्टाको कार्यदिन, ज्यालामा ३५ प्रतिशत बृद्धि, स्वास्थ्योपचार र आवासको सुविधाको माग राखी हडतालमा उत्रिएका दशौँ हजार मजदूरहरू बिराटनगरको मिल्स एरियाबाट दिनहूँ नारा लगाउँदै बिराटनगर परिक्रमा गर्दथे । २५ दिनसम्म यही क्रम चलिरह्यो ।
आन्दोलन दबाउने क्रममा मजदूर तुलाराम तामाङ्को निधन पहिलो मजदूर शहीदको रुपमा भएको थियो । नवस्थापित नेपाली (राष्ट्रिय) काँग्रेसको उद्देश्य र संकल्पलाई सर्वप्रथम देशभित्र कार्यान्वयनमा उतार्ने त्यो आन्दोलन राणा शासनको बिरूद्ध पहिलो सबभन्दा ठूलो विद्रोह थियो । यो ऐतिहासिक तथ्यलाई कसले कति सम्झे होलान् । खैर ।
****
आज अन्तर्राष्ट्रिय मई दिवस ! मजदूरको ब्यावसायिक हक, हित र व्यावसायिक प्रतिष्ठा स्थापित गराउन सर्वप्रथम मजदूर वर्गले विद्रोह गरेको दिन । अमेरिकाको शिकागो शहरमा भएको मजदूर र्यालीको सम्झनामा मनाइने दिन । आठ घन्टे कार्यदिनको माग राखी गरिएको त्यो मजदूर र्यालीमा अपरिचित मान्छेले बम विष्फोट गराइदियो । जवाफी कारवाहीमा पुलिसले मजदूर भेलालाई तितरबितर गर्ने प्रयास चलायो।
तर त्यसले गर्दा ८ जना मजदुरको ज्यान गयो, ६० जना प्रहरी जवान घाइते भए । सयौँ मजदूर तथा उनका समर्थकलाई पक्राउ गरियो चार जनालाई फाँसी दिइयो । मैले जानेको मई दिवस । यसलाई सबै मजदूरहरू सम्झिन्छन् । ठीकै छ ।
साभार -गाैतमजकाे मुहारपुस्तिका