चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०र८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने उल्लेख गरेको छ ।
गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । कार्यालयले अध्ययनविश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्ने देखाएको छ । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको ३.७५ प्रतिशतले हुनेछ ।
विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले, मुद्रा कोषले ३ृ१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए ।