शुक्रबार, कार्तिक ७ गते २०८३

चीनको बढ्दो माल्दीभ्स–प्रभावप्रति भारतको चिन्ता


बैशाख १७, २०८१ सोमबार
चीनको बढ्दो माल्दीभ्स–प्रभावप्रति भारतको चिन्ता

हिन्द महासागरमा शक्ति सन्तुलन कायम राख्न का लागि बेइजिङ्ग र दिल्ली माल्दीभ्सलाई आ–आफ्नो प्रभाव क्षेत्रमा राख्न कृत संकल्पित देखिँदै आएको भारतीय विश्लेषकहरुले  दावी गरेका छन् । त्यसको असर माल्दीभ्सको घरेलु राजनीतिमा पनि परेको उनीहरु औल्याउँछन् ।

भारतीय उपमहाद्वीपको दक्षिण–पश्चिम क्षेत्रमा अबस्थित यो टापु अर्थात द्विपीय देशमा अहिले मोहम्मद मुइज्जुको राजनीतिक उभार आएकोमा भारतको समस्या बढेको भनेर भारतीय शासक बर्ग चिन्तित देखिदैछ र भारतमा समस्या बढेको भन्दैछ । हुन पनि मुइज्जुले भारतको माल्दीभ्समा उपस्थितिलाई अनियन्त्रित  बताएरै चुनाव लडेका थिए र बिजयी बनेर सत्ताको शीर्ष स्थानमा आएका पनि हुन् । भारतीय  पक्ष यसलई भारत बिरोधको नीतिको आधारमा उनले देशको संसदमा पूर्ण बहुमत पाउन सफल भएको भनिरहेको छ । चुनावमा बिजय हासिल गरेपपिछ मुइज्जुले जस्तो किसिमले देशको संसदमा पनि बम्पर बहुमत हासिल गरे त्यसबाट भारतको बिरोध र चीनतिर ढल्किएको तथा त्यसलाई  माल्दीम्सका जनतालाई मनपराएको भन्ने निचोड भारत सत्ताले निकालिरहेको छ । यसलाई भारतले माल्दीभ्सका जनता भारत जस्तो बिश्वसनीय मित्रलाई चीनको कथित कुटील ऋण नीतिको जालमा किन फँस्दै गएको भनेर कुरा चीनको टाउकोमा हाल्दैछ र त्यसको दूरगामी प्रभाव भारतलागि कत्तिको चूनौतिपूर्ण हुनसक्छ त्यसको लेखाजोखा गर्न थालेको छ । जनसंख्याको हिसावले निकै सानो यस इस्लाम बहुल देशमा बितेको धेरै बर्षदेखि परम्पराबादलाई उठाउने कोशिश राजनीतिक हिसावले फाइदादायक भएको पनि भारतीय बिश्लेषकहरुको निचोड देखिन्छ । 

भारतीय सत्ताका बिश्लेषकहरुले खाडीका देशहरुमा रोजगारीका लागि जाने भाल्दीभ्सका हजारौं नागरिकहरुको कथित धार्मिक अभिब्यक्तिलाई मुइज्जुले चुनाबी मतमा परिबर्तन गर्न सफल भएको भनेको छ । मुइज्जुले भारतसँगको ऐतिहासिक सम्बन्धलाई वेवास्ता गरेर बदलिदो परिस्थितिमा तुर्कीए, पाकिस्तान र साऊदी अरब तर्फ लागेको पनि उल्लेख गरिरहेको छ । पेलेस्टाइन जस्तो भावनात्मक मुद्दालाई धार्मिक आधारमा उठाएको र इस्लामिक आदर्शबादमा आधारित नयाँ माल्दीभ्सको परिकल्पनालाई राजनीतिक आधारमा जनता समक्ष राखेको भनिदैछ । मुइज्जुले संसदमा संबिधान संशोधन गर्न सक्ने दुइ तिहाई मत पनि हासिल गरिसकेका छन् । भारतले यसको अर्थ के पनि लगाउँदैछ भने राजनीतिले संस्थागत दृष्टिकोणले सबै कुरा नियन्त्रण गर्न सक्छ । बिशेषगरी न्यायपालिको शक्ति प्रभाबित हुन सक्ने उसले औंल्याएको छ । भाल्दीभ्समा राजनीतिक उथलपुथलको इतिहास रहँदै आएको छ । भारत समर्थक राजनीतिक दलहरुलाई अंकुश लगाउनका लागि मुइज्जु सत्तामा आए पछि प्रमुख नेताहरुलाई जेल हाल्न पन सक्छन् भन्ने पनि भारतको चिन्ता देखिन्छ । 

हुन पनि मुइज्जु सत्तामा आए पछि चीनसँग सबल सम्बन्ध बनाएको र  उनले अहिलेसम्म दिल्लीको भ्रमण पनि नगरेको तर बेइजिङ्गको राजकीय भ्रमणमा गएर बिभिन्न लगानीको लागि सम्झौतामा हस्ताक्षर पनि गरिसकेको छ । चीनसँग गैर–घातक हतियाहरु सहयोगमा लिने र भाल्दीभ्सको सुरक्षा शक्तिलाई प्रशिक्षित तुल्याउनका लागि एउटा सैनिक सहयोग सम्झौतामा पनि हस्ताक्षर गरिसकेको छ । भारत र अमेरिकाले पहिला पहिला माल्दीभ्सको सेनालाई प्रशिक्षित गर्ने गरेका थिए । भारत माल्दीभ्सलाई हिन्द महासागर क्षेत्रमा प्रमुख सामुद्रिक सहभागीकारुपमा मान्यता दिन्छ । 

माल्दीभ्स एउटा द्विपीय राष्ट्र भएको हुनाले भौगोलिक दृष्टिले भारत र अन्य केही प्रमुख अन्तर्राष्ट्रिय  क्षेत्रहरुमा दृष्टि दिन्छ । भारतले सधै के कुरामा जोड दिदै आएको छ भने भाल्दीभ्स ब्यापार, पर्यटन र पानीजहाज(शिपिङ्ग)का लागि रणनीतिक किसिमले एउटा महत्वपूर्ण देश हो । हुन पनि माल्दीभ्स रणनीतिकरुपले लक्ष द्विप समूहबाट केवल  सात सय किलोमिटर र भारतको मूख्य भूमिबाट बाह सय किलोमिटरको दूरीमा रहेको छ । भाल्दीभ्समा चीनको बढ्दो प्रभाव भारतको माल्दीभ्ससँगको निकटतालाई हेर्दा उसले यसलाई महत्वपूर्ण सुरक्षा चिन्ताकोरुपमा लिएको छ ।  हिन्द महासागर क्षेत्रमा चीनले तीब्ररुपमा सैन्य

आधुनिकीकरण  गरेको र त्यसबाट भारतको सामरिक र आर्थिक क्षमताका सामु चूनौतिहरु थपिएको पनि उल्लेख गरिदैछ ।हिन्द महासागरमा बेइजिङ्गको बढ्दो प्रभाव र चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईमा मुइज्जुको दिलचस्पी पनि कम महत्वको छैन । २०२३ मा माल्दीभ्सको राष्ट्रपति पदमा मोहम्मद मुइज्जु चुनिए पछिदेखि यस क्षेत्रका देशहरुको सम्बन्ध बद्लिदै गएको छ । माल्दीभ्सले चीनसँग रक्षा सम्झौता  र आधारभूत संरचारको सौदामा पनि हस्ताक्षर गरेको छ । चीनको सामुद्रिक अनुसन्धान जहाज ‘जियाङ्ग याङ्ग होङ्ग’लाई माल्दीभको बन्दरगाहमा उत्रने अनुमति दिनाले चीनको प्रभावको थप पुष्टी भइरहेको भारत उल्लेख गर्दछ । गएको जनवरीमा जतिबेला मुइज्जुले चीनको भ्रमण गरेका थिए त्यसको चौबिस घण्टापछि नै चीनले त्यस जहाजले आफ्नो यात्रा पनि शुरु गरेको थियो । सम्भवत मुइज्जु त्यस मार्फत भारतलाई के सन्देश दिन चाहन्छन् भने चीनसँगको सम्बन्धलाई लिएर कुनै पनि किसिमको सम्झौताबादी दृष्टिकोण लिन उनी चाहँदैनन् । बारवटा द्विपहरुको श्रृंखलाबाट बनेको माल्दीभ्स अधिकांश द्विपहरु निर्जन नै छन् । लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा रहेको यो देशमा आफ्नो उपस्थिति कायम राखिराख्नाले दिल्लीलाई हिन्दमहासागरको एउटा प्रमुख हिस्सामा दृष्टिपात गरिरहने क्षमता प्राप्त हुन्छ । 

मोहम्मद मुइज्जुलाई चीनका हितहरुको समर्थककोरुपमा भारतको सत्ताले प्रस्तुत गर्ने गर्दै आएको छ ।भारत र चीन दुबै रणनीतिकरुपले अबस्थित द्विपहरुमा आ–आफ्नो उपस्थिति सबल  तुल्याउने कोशिश गरिरहेका छन् । त्यो ब्यस्त पूर्ब–पश्चिम शिपिङ्ग लेनमा फैलिएको छ ।चीनले आफ्नो तीब्रगतिमा बढ्दो नौसेनासाथै रणनीतरुपले महत्वपूर्ण स्थानसम्म पहुँच  कायम गर्न तथा भारतलाई रोक्न चाहन्छ । दिल्ली र बेइजिङ्ग दुबैले भाल्दीभ्सलाई आधारभूत संचरना र बिकास परियोजनाहरुका लागि ऋण र अनुदानकारुपमा करोडौं डलर दिएका पनि छन् । तर भारतले मुइज्जुले चीनमाथि निर्भरता बढाइरहेको बताउने गरेको छ र त्यही नै भारतको लागि चूनौतिपूर्ण कुरा बनिरहेको भनेर चिन्ता पनि ब्यक्त गर्न थालेको छ । 

यस स्थितिमा भारतले हिन्दमहासागरको महत्वपूर्ण साझेदार माल्दीभ्ससँग राजनीतिक गतिरोध दूर गर्ने प्रयत्न गरिरहनु पर्ने, आर्थिक र सुरक्षा सहयोगमा ध्यान केन्द्रित गर्न प्राथमिकता दिनुपर्ने, जापान, अमेरिका, अष्ट्रेलिया र दक्षिण पूर्ब एशियाली देशहरुकै जस्तो प्रमुख सुरक्षा सहभागीसँग पनि रक्षा सहयोग सबल तुल्याउनु पर्ने र यसरी चीनको यो क्षेत्रमा निर्णायकरुपमा बढ्दो प्रभावलाई रोक्न सकियोस् भन्ने सुझाव बिश्लेषकहरु दिइरहेका छन् । चीaनले माल्दीभ्स जस्तो सानो देशको भारतमाथिको सैन्य निर्भरतालाई कम गर्नका लागि उसको सैनिक क्षमता बढाउन चाहन्छ। यसबाट माल्दीभ्सको सेना सबल र सक्षम हुन्छ र त्यसबाट राजनीतिक दुरुपयोग पनि बढ्न सक्छ भन्ने चिन्ता भारतको देखिन्छ । भारतका अनुसार मुइज्जु चीनको त्यस सामरिक चक्रब्यूह खडा गर्ने काममा मद्दत गरिरहेका छन् भन्ने कुराले चिन्तित छ । त्यस अनुसार चीनले माल्दीभ्समा नौसैनिक अड्डा बनाएर सामुद्रिक सीमामा भारतलाई रणनीतिकरुले घेर्न सकियोस् जसबाट हिमालयको सीमामा भारतमाथि सैन्य दबाब बढाउन सकियोस् भन्ने चीनको योजना रहेको पनि भारतको ठहर छ । यसरी चीनको बढ्दो चौतर्फी प्रभावको दबाब भारतले महसुश गरिरहेकोछ । साना र कमजोर देशहरुलाई चीनले सबल बनाउदा भारतले आफ्नो लागि खतरा ठानिरहेको देखिन्छ ।