चीनले नेपाली नागरिकहरूका लागि भिसा शुल्क नलिने भएको छ । आगामी बैशाख १९ अर्थात मे १ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दै उक्त जानकारी दिएको छ । तर भिसा एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जनाएको छ ।
नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने सूचनामा जनाइएको छ । यसले पर्यटन प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । नेपालले भने केहि समय अगाडिदेखिनै चिनियाँ पयर्टकसँग भिसा शुल्क लिने गरेको छैन ।
नेपालपत्र संवाददाता