आइतबार, कार्तिक ९ गते २०८३

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, यस्तो छ कम्पनीको अवस्था


बैशाख १३, २०८१ बिहीबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, यस्तो छ कम्पनीको अवस्था

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको  चैत मसान्तको वित्तीय अवस्थाले उक्त कुरा देखाएको हो । नौ महिनाको अवधिमा कम्पनीको नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २२ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख ५ हजार रुपैयाँ पुगेको छ । यस्तै‌ कुल बिमा शुल्क आर्जन ६ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ रहेको थियो। कर्जा तथा लगानीबाट हुने आम्दानी ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी ४४.१९ प्रतिशतले बढेर ८ अर्ब ८९ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३२ करोड ६९ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।कम्पनीको जीवन बिमा कोषको आकार ३२ अर्ब २ करोड ७२ लाख ७१ हजार रुपैयाँ रहेको छ ।