शनिबार, आश्विन १७ गते २०८३

लगानी सम्मेलनका लागि बोर्डले तयार पार्याे १४८ परियाेजना प्रस्ताव


बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनका लागि बोर्डले तयार पार्याे १४८ परियाेजना प्रस्ताव

आगामी वैशाख १६ र १७ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्न लगानी बोर्डले १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मङ्गलबार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतीका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो ।

त्यसैगरी, बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानी सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ। ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नु अघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी, डाबर नेपाल प्राईभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रश्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ।