नेपाली काँग्रेसका संस्थापक नेता, सुन्दरराज चालिसेसहित कांग्रेसको वर्तमान पार्टी–झण्डा तयार पार्ने, समकालीन राजनीतिमा ‘सूर्यबाबु’ भनी श्रद्धापूर्वक पुकारिने सूर्यप्रसाद उपाध्याय (बि.सं.१९७०–२०४१) लाई नेपाली राजनीतिका ‘चाणक्य’ भनिन्थ्यो ।
उच्च बौद्धिक स्तरका सूर्याबाबुको यो भनाई काँग्रेसका कार्यकर्ताहरूको लागि पार्टीको मुखपत्र ‘नेपाल पुकार’ २००७ भाद्र २७ को अंकमा प्रकाशित ‘जनसंगठनको आवश्यकता’ शिर्षक उहाँको लेखबाट लिइएको हो । यसको पूर्ण वाक्य छ :
“शोषित तथा दलित वर्गमात्र समग्र क्रान्ति चाहन्छन् र वास्तबमा क्रान्तिको अग्रदूत यिनै हुन्छन् । क्रान्तिको ढोंग गरेर आफ्नो मनमाफिकका परिवर्तनमात्र रुचाउने पूँजीवादी या मध्यम श्रेणीहरूले शासन ताकत हत्याएर सन्तोष गर्दछन्, जनतालाई अघि जाने बाटो बन्द गर्ने प्रयास गर्दछन्।”
साभार : गौतमजीको मुहारपुस्तिका
चन्द्रमणि गाैतम