
रामजी लामिछाने
लाखाै रक्त चुहाई जीवन अहाे ! सुम्पेर आयौ तिमी
खर्च्याै सत्र हजार ती सपूतकाे खायाै मिठाे जीवनी
कैयाैं अन्ध अपाङ्ग छन् अझ कति,पत्ता कुनै छैन रे
हेर्छन् बाबू श्रीमान दाजु बिचरा,झुल्कन्छ कि आसले
#
राेगी दीन असक्तका कति कठै, सन्तान प्यारा हर्याै
मिल्यौ आपस एक साथ गतिलाे, याे यूद्ध फेरि गर्याै
ल्यायौ याे गणतन्त्र ती गरिवमा आशा हजारौ छर्याै
सत्ता शक्ति उन्मादमा डुविदियौ धिक्कार खै के गर्याै ?
#
खै के नै छ त भिन्न लाैन गतिलाे, एउटा कुनै कामकाे
रेखा-चित्र काेरेर देऊ अहिले , गणतन्त्रका नामकाे
देख्छु, छाै तिमी नै सम्राट जसरी, नेता सवै जागिरे
लिन्छाै मासिक रे वुझी तलव नै सु-दिन तिम्रा फिरे
#
भ्रष्टाचार वढेर हेर अहिले, जन्ता सवै रुष्ठछन् ।
छैनन् राहत केही याे विपतमा,बन्छाै कति दुष्ठ झन्
चिल्ला गाडी चढेर शालिक पुगि, मुठ्ठी उठाईकन ।
गर्दा लाल सलाम ती शहिदमा, धर्कन्छ सारै मन ।
#
यौद्धा ती जनयुद्धका बगरमा, हाेलान कि खाडी तिर
ताता-रक्त चुहाउँदै तिमी सधै सत्ता र गाडी तिर
हेर्छाै मुख मिठ्याई यही अहिले, हाे सत्य नै आखिर
हाम्रै हाे भनि संविधान कसरी, पुजाै उठाई शिर ।
#
तिम्राे नै त रहेछ मान तिमी नै, तिम्रै सम्विधान याे
भन्ने दिन न आउला त कसरी, लाग्दैन टाढा छ याे
बोक्लान् बन्दुक फेरि ती गरिवले ताकेर तिम्रा शिर
मान्दै छु अझ संविधान दिन याे, लाग्दैछ फेरि पिर ।
#