आइतबार, आश्विन १८ गते २०८३

प्रभु बैंकद्वारा कागबेनी मन्दिर क्युआर स्ट्याण्ड वितरण


चैत्र २७, २०८० मंगलबार
प्रभु बैंकद्वारा कागबेनी मन्दिर  क्युआर स्ट्याण्ड वितरण

प्रभु बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि ‘कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समिति’लाई बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । 

यसले धार्मिकस्थल कागबेनीमा आउने भक्तजनका लागि सहज हुने बैंकले जनाएको छ । बडादसै र चैतेदसैं अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट भक्तजनहरुको आउने गरेका छन् । यस्तै अन्य पर्यटकहरु समेत उक्त क्षेत्रमा आउने गरेका छन् । 

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि बैंकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । बैंकले देशका ३०१ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकलाई सेवा दिएको जनाएको छ ।