आइतबार, कार्तिक ९ गते २०८३

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा  चौलागाई

चैत्र २७, २०८० मंगलबार
आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा  चौलागाई


 आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । बीमा क्षेत्रमा करिब १८ वर्ष काम गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरमा नियुक्त भएका हुन् । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत रहेका थिए । 

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्सको प्रदेश प्रमुख, शाखा प्रमुख भएर काम गरेको अनुभव रहेको छ ।