यस बर्षकाे प्रमुख मुस्लिम पर्ब रमजान गएकाे मार्च ११ गते शुरू भएर अहले चलिरहेकाे छ । एक ममिहनासम्म चल्ने याे पबित्र मािनएकाे पर्ब १० अप्रिलमा समापन हुँदैछ । यद्यपि यस पर्बकाे शुरवात भने चन्द्मामा भर पर्दछ ।
बिश्वमा कहि पनि मुस्लिम समुदायका लागि यो रमजान मुबारक यस्तो समय हो जुन हरेक बर्ष बडो सुन्दर किसिमले आउदछ र यसको सबै मुस्लिमहरुले ब्यग्रताकासाथ प्रतिक्षापनि गरिरहेका हुन्छन् । रमजान इस्लामी बर्षा अनुसार दोश्रो हिजरीबाट आरम्भ भएर बर्तमान समयसम्म त्यसै प्रकारको खुशी र परिपक्कताकासाथ आफ्नो स्वरुपलाई कायम राख्न सफल छ । रमजान वास्तवमा 'रबको रजामा राजी रहने' महिना हो । यसमा एक महिनालाई दश दश दिनका तीन चरणमा बाँडेको छ जसलाई अनेक कठिनाइहरुकासाथ जारी राख्ने गरिन्छ ।
बिश्वको सबभन्दा आधुनिक धर्म इस्लामा आधुनिक युगमा नि आफ्ना पुरानो मूल्य मान्यता(रवायत) कायम राख्नमा सफल रहेको छ ।यसकारण रमजानलाई सही अर्थमा हेर्ने हो भने इस्लामका पाँच पर्वहरु ( फजरहरु)मा यो सबैभन्दा लामो र कठिन पर्व हो । यस पर्वमा केवल दिनभर भोको रहने मात्र होइन, प्रत्येक पललाई महत्वपूर्ण तुल्याउनु पनि हो ।आचार, ब्यवहार, बोलीचाली,खानपिन, उठबस अर्थात् सबै गतिबिधिलाई पबित्र तुल्यानु नै रमजानको यथार्थ वास्तविकता हो ।
वास्तवमा रमजान आफैलाई खोज्ने, निरीक्षण गर्ने र बुझनेतथा आत्मशुद्धि गर्ने महिना हो । रमजानको कठिन ब्रत वास्तवमा आत्मशुद्धिको ब्रत हो र एउटा कठिन परीक्षा पनि हो । यो कठिनब्रतको स्वरुप कायम राख्न रमजान आज पनि उत्तिकै सफल छ ।अतः यो रोजामा सक्रिय सहभागी हुन रमजान महिनाको बृद्ध, नव जवान र महिला सबैले ब्यग्रताकासाथ प्रतिक्षा गरिरहेका पाइन्छन् ।
कारण स्पष्ट छ-आजको संघर्षमय युगमा आफ्नो धार्मिक आस्थाका साथै आफ्नो अस्तित्व कायम राख्ने इच्छा पनि यसमा निहीत छ । यस प्रकार धार्मिक महत्वको साथसाथै रमजानको एउटा महत्वपूर्णसामाजिक पक्ष पनि छ । त्यो हो - आफ्नो कमाई मध्येबाट गरीब तथा अभावग्रस्त मानिसहरुका निमित्त एक अंश छुट्याउनु । त्यस अंशलाई 'जकात' अर्थात 'फितरा' भन्ने गरिन्छ ।
जसले गर्दा आफ्नो समाजका गरीब, बिवश र कमजोर तप्काका मानिसहरुले आफ्नो जीवन स्तर राम्रो बनाउन सकुन् । यसले आफ्नो छर छिमेक, आफ्नो, गाउ शहर र देशको पनि ख्याल राख्नु पर्दछ भन्ने यसरी शिक्षा दिन्छ । त्यसैले यसलाई रहम र रहमतको महिना पनि भन्ने गरिएको छ । रहमत रबको तर्फबाट र रहम मानिसको तर्फबाट । मुस्लिम गैर मुस्लिम सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइहरुमा रमजान मुबारक !
नेपालपत्र संवाददाता