शनिबार, आश्विन १७ गते २०८३

एआईआईबीले भन्यो नेपाल उच्च प्राथमिकतामा


चैत्र १३, २०८० मंगलबार
एआईआईबीले भन्यो नेपाल उच्च प्राथमिकतामा

 

एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपाल प्राथमिकतामा रहेको बताएका हुन् । 

मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन बैंक प्रतिनिधिलाइ आग्रह गरेका थिए । प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले बैंकको उच्च प्राथमिकतामा रहेको भन्दै नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको बताए । 

मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए ।

एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महँगो भएकाले नेपालले अपेक्षित रूपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महँगो ब्याजदरका कारण सोचे जति लाभ लिन नसकेको स्पष्ट गरे । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए ।