शनिबार, आश्विन १७ गते २०८३

आरविवि मर्चेन्टको आयोजनामा वित्तीय सचेतना कार्यक्रम

चैत्र १३, २०८० मंगलबार
आरविवि मर्चेन्टको आयोजनामा वित्तीय सचेतना कार्यक्रम


 

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह–२०२४ अन्तर्गत देशभर नै विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

सोही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नुवाकोटस्थित आदर्श बहुमुखी क्याम्पस, बिदुर ४, बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षकशिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरेले वित्तीय सचेतना गराएका थिए भने बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । 

छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए भने कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।