"असत्य माथि सत्यको बिजय को रुपमा मनाइने होलि प्रेम र आपसि मेलमिलाप कायम राखि होलि खेलौ "--( क्रान्ति)
प्रिय हाेलि,
असत्य माथि सत्यकाे बिजय भन्याै,
याे आडम्बरी र अंधबिशवास अझै किन भन्याै हाेला,
के आजकाे मानव समाजकाे संरचना सत्यकाे पक्ष्यधरता छ?
तिमिले बुझेकाे सत्यकाे दर्शन कसैलाई असत्य लाग्न सक्छ
हामिले बुझेकाे सत्यकाे सिद्वान्त अरुलाई असत्य हुन सक्छ
तर पनि हाेलि, सत्य सत्य नै हुन्छ,
याे सत्य बैज्ञानिक हुन्छ, प्राकृतिक हुन्छ, न्यायिम हुन्छ।
प्रिय हाेलि
सत्य र प्रेमकाे स्वर लहरी जुनकिरीहरु जस्तै बल्छ
यहाँ त अधेराे पनि छ, अशान्ति मन पनि छ,
यउटा रङ्ग सजियकाे अर्काे रङ्ग दबियकाे छ
सबै रङ्गहरु सत्य भय रङ्गिन्थे र फुल्थे,
यस धर्तिमा सत्य र असत्यकाे अभियान जारी छ
यसैले हरेक क्षेत्रमा बिबाद छ,- प्रेम छ आस्था बिश्वास छ।
यस धर्तिमा अशान्ति छ सान्तिकाे गित गाईरहेछ
असिम प्रेम छ, एकता र सद्भाव पनि छ,
सप्तरंङ्गिहरु-रङ्गियर फरक कलेबरकाे रङ्ग छरेका छन्।
फगत फरक- फरक ब्रान्डहरुमा!
हाेलिया,
रङ्गहरुकाे पर्व हाेलियामा एकै रङ्गकाे सान छ कि मान्
सबै खाले रङ्गले लत्पतियकाे मानव सागर सत्यमा जियमा
जियकाे छ कि असत्यमा, अफ्साेच तिमी आफै गम।
बुद्व जन्मिएकाे देसमा पनि असान्ति र कलह छ,
एकताकाे देसमा बिबिधताकाे सन्देस छ,
यसैले यहाँ अभाब गरिबी भाेक राेग र शाेक छ
यसैले बुद्व भनिरहेछन,-अपाे दिप भब
आफ्नाे बत्ति आफै बन,!
सातै रङ्गहरुमा असिम उल्लास प्रेम छ
अनन्त बिबाद पनि...
सबै सप्तरङ्गिमा हार्दिक शुभकामना।
शुभकामना


सीताराम थापा
नेपालपत्र संवाददाता