
महादीप पाेखरेल
१) मस्को हमला ISIS ले गरेको दावी ,९० जनाको हत्या ,१५० भन्दा बढी घाइते। आक्रमण एउटा कन्सर्ट हलमा भएको थियो,जहाँ ६००० दर्शकहरू खचाखच थिए।
२) ISIS बिशेशगरी सिरियामा सक्रिय अमेरिका र इजरायल द्वारा पालित-पोषित समूह हो। यसका विरुद्ध रुसले सिरियन सरकारलाई मद्दत गरिरहेको छ।
३) ISIS ले आफुलाई एन्टी कृश्चियन दावी गर्छ,यस्ले कयौं मिसनरीहरुको पनि हत्या गरेको छ,तर यो समुहलाई अमेरिका, इजरायलले सपोर्ट गर्छन।यो अलि अमिल्दो लाग्यो होला,तर यो पोइन्ट याद राख्नुस।
४) रुस,चीन र इरानको सेनाले भुमध्य सागरमा संयुक्त सैन्य अभ्यास गर्नु र यी राष्ट्रहरुको सहानुभूति प्यालेस्टाइन तर्फ हुनुको सन्दर्भ सँगसँगै ISIS ले मुस्लिमको नाममा रुसमा इसाईहरुको हत्या भनेर प्रचार गराइनुको आशय पनि बिचारणिय छ।
५)रुसमा भएको आक्रमणको अमेरिका र इजरायलले दुख प्रकट गर्नु अर्को नाटकीय मोड हो,जबको यस्को अघिल्लो दिनमा अमेरिकाले UN मा पेश गरेको प्रस्ताव विरुद्ध रुसले भिटो प्रयोग गरेको छ।
६) रुस–युक्रेन युद्धमा अमेरिका वा नाटो संगठन दिलोज्यान लगाएर युक्रेनको पक्षमा भएको जगजाहेर नै छ।
७) यसरी हेर्दा के अनुभव गर्न सकिन्छ कि- यो आक्रमणका अनेकौं जोडकोण छन,एउटा ठूलो कन्फ्युजन कृयट गर्न खोजिएको छ। मुस्लिम समुहलाई प्रयोग गरेर इसाईको हत्या गराइएको छ,तर लगानीकर्ता इसाई नै हुन। यसरी हेर्दा इसाईहरुले नै लगानी गरेर इसाईको हत्या गराएका छन।यो प्रोक्सी धर्मयुद्ध गराउने अमेरिकी षड्यन्त्र हुनसक्छ ।
यसबीच रुसले ११ जना आक्रमणकारी पक्राउ गरिसकेको छ,जस्मा ४ जना त प्रत्येक्ष हमालाकारी हुन। रुसले यस्को बदला अवश्य लिनेछ ।
साभार : महदीपजीकाे मुहारपुस्तिका