नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाली चेकमा हस्ताक्षर नर्गन आग्रह गरेको छ । राष्ट्र बैंकले ग्लोबल मनि विकको अवसर पारेर बैकिङ्ग सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।
सोही अनुरुप बैंकले आज एक जानकारीमुलक सूचना प्रकाशित गर्दै कुनै पनि अवस्थामा खाली चेकमा हस्ताक्षर नगर्न भनेको हो । राष्ट्र बैंकले अनिवार्य रुपमा भुक्तानी पाउने व्यक्ति, रकम र मिति लगायतका विवरण यकिन गरेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बैंकले आफुसँग भएको ससानो रकमलाई बचत गरेर भविष्य सुरक्षित गर्न समेत सबैलाई आग्रह गरेको छ ।

नेपालपत्र संवाददाता