शनिबार, आश्विन १७ गते २०८३

विपक्षीको बिरोधकै बीच बजेट पारित

आश्विन ४, २०७८ सोमबार
विपक्षीको बिरोधकै बीच बजेट पारित


सरकारले विपक्षी दलको बिरोधकै बीच  चालु वर्षको बजेट पारित गरेको छ। अघिल्लो सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधनसहित नयाँ सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

चार दिनअघि नै पारित हुनुपर्ने विधेयक पारित नहुँदा सरकार बेखर्ची भएको थियो। आज पारित भएसँगै सरकारको बजेट पूर्ण कार्यान्वयनमा आएको छ।

सरकारले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो। अब यससँगै सरकारलाई ६ खर्ब ७७ अर्ब ९९९ करोड रुपैयाँको चालु खर्च, ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्च गर्ने बाटो खुलेको छ।

सरकारले १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बजेट पारितसँगै सरकारलाई २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाटो खुलेको छ।

बजेट पारितसँगै अब सरकारले कोभिडका कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक र असंगठित क्षेत्रका अति विपन्न परिवारले असोजभित्र १० हजार पाउने भएका छन्। यस्तो संख्या करिब ५ लाख छ।

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारले पनि जीवनवृत्तिबापत मासिक ३ हजार पाउने भएका छन्। बजेट पारित नहुँदा कर्मचारी तलब सुविधा, दसैं भत्ता, पेन्सन, साजाजिक सुरक्षा  रोकिएको थियो। खब यो सबै खुलेको छ।