मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त गरेको छ ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिको कुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ । एमालेको कोटाबाट सिंह, महत र अधिकारि रहेका छन् ।
नेपालपत्र संवाददाता