शुक्रबार, कार्तिक ७ गते २०८३

चिनीया रक्षा बजेटप्रति भारतलाई किन यत्रो चिन्ता ?


चैत्र ३, २०८० शनिबार
चिनीया रक्षा बजेटप्रति भारतलाई किन यत्रो चिन्ता ?
अमेरिका र भारतसँग पनि प्रायः लगातार चलिरहेको तनावपूर्ण सम्बन्ध र  स्थितिका बीच चीनले एक पटक पुनः आफ्नो रक्षा बजेटमा निकै ठूलो बढोत्तरी गरेको छ । यो बजेटमा ७.२ प्रतिशत बृद्धिकासाथ आर्थिक बर्ष २०२४ को रक्षा बजेटमा १ं.६७ ट्रिलियन यूवान अर्थात २३२ अर्ब डलर पुर्याएको छ। भारतले यस परिप्रेक्षमा सतर्क रहनु पर्ने भनेर चिन्ता गर्न थालेको छ । भारतले यस बजेट बृद्धिलाई बितेको पाँच बर्षयता सबैभन्दा बढी भनेर उल्लेख गरेको छ । चीनले आफ्नो बित्त मन्त्रालयको बर्षेनी आउने प्रतिबेदनको आधारमा के दाबी गरेको छ भने चीन बिश्वमा अमेरिका पछि रक्षा बजेटमा सबैभन्दा बढी खर्च गर्न देशमा पर्दछ । चीनको बिधायिकाको बार्षिक बैठको उद्घाटन सत्रमा ५ मार्चका दिन चीनको रक्षा बजेट तथ्यांकको घोषण गरिएको थियो । बिभिन्न बाह्य बिशेषहरुको के मान्यता रहेको छ भने यो धनराशी चीनको सत्तासीन कम्युनिष्ट पाटीको सैन्य शाखा पिपुल्स लिबेरशन आर्मी (जनमुक्ति सेना)द्वारा गरिएको खर्चको केवल एक अंश भनेर भारतले अथ्र्याएको छ ।
 यो २३२ अर्ब डलरको चीनको रक्षा बजेट भातरतीय रुपैया पुग न पुग १९.२३  लाख करोड जति हुनजान्छ । चीनको तुलनामा भारतको २०२४÷२५ बित्त बर्षको घोषित बजेट ६,२१५४१ करोड रहेको बताइएको छ । यसरी हेर्दा चीनको रक्षा बजेट भारतको भन्दा तीन दोब्बर बढी छ । चीनले बितेको बर्ष २०२३ मा पनि आफ्नो रक्षा बजेट ७.२ प्रतिशतले नै बृद्धि गरेको थियो । त्यसले चीनको रक्षा बजेट बढेर १५५० अर्ब यूवान यसरी २२५ अर्ब डलरसम्म पुगेको थियो । त्योभन्दा अघि २०२२ मा चीनले आफ्नो रक्षा बजेटमा ७.१ प्रतिशतले बृद्धि गरेको थियो । त्यतिबेला यो बजेट १४५० अर्ब यूवान रहको थियो । कूल मिलाएर तथ्य के छ भने चीनले आफ्नो रक्षा बजेटमा बितेको ९ बर्षदेखि लगातार बृद्धि गर्दै आएको छ । भारतका कतिपय सैन्य बिश्लेषकहरु के भन्दछन् भने चीनको योजना छ कि उसले आफ्ना सेनालाई बिश्वको नम्बर एक सेना बनाउन चाहन्छ । चीनले आफ्नो रक्षा बजेट यस्तो बेलामा बढाएको छ कि अर्थब्यवस्था कमजोर अबस्थाबाट गुज्रिरहेको पनि ती बिश्लेषकहरुले उल्लेख गरेका छन् । उनीहरुले भनेका छन् चीनको तीब्र आर्थिक बृद्धि(ग्रोथ)मा लामो समयसम्म चीनको प्रोपर्टी सेक्टरको बिशेष भूमिका रहेको हो । 
China Miitary.jpg
 तर यता निकै लामो समयदेखि यो सेक्टरका कतिपय कम्पनीहरु दिवालिया भएर गए र सरकार तिनको उद्धार गर्ने मूडमा देखिदैन । अर्कोतिर बर्ष २०२४ का लागि  चीनको रक्षा बजेट बितेका कयौं बर्षको तुलनामा सबैभन्दा बढी छ । यस्तो स्थितिमा चीनले गरेको रक्षा बजेटको बढोत्तरीले उसको सैन्य आकांक्षालाई स्पष्ट पार्दछ भन्ने एकथरी भारतीय सैन्य बिश्लेषहरुको बिश्लेषण छ । हुन पनि राष्ट्रपति शी जीनपिङ्गले आगामी २०२७ सम्मामा चिनीयाँ सेनालाई बिश्व स्तरको सेना बनाउने लक्ष निर्धारण गरिसकेका छन् । यसका अतिरिक्त के पनि लक्ष निर्धारत रहेको छ भने आगामी बर्ष २०३५ सम्ममा चिनीया सेनलाई पूर्णरुपले अत्याधुनिक बनाइनेछ । यसै कारणले चीनले आफ्नो रक्षा बजेट लगातार बृृद्ध गर्दै आएको छ । के पनि अर्थ भारती रक्षा बजेट बिश्लेषहरु यस सन्दर्भमा लगाइरहेका छन् भने राष्ट्रपति शी उनका सेनाले युद्ध लड्न धेरै मेहनत गर्नु परोस भन्ने चाहँदैनन् । त्यसका लागि चिनीयाँ सेनालाई अत्याधुनिक हतियार, सबल थेयटर कम्माण्ड,स्टील्थ प्रबिधि  तथा लडाकुन प्रबिधि क्षेत्रमा चीनले बढी लगानी गरिरहेको छ । ती सबै कुरा बिकास गरिसकेपछि युद्धमा बिजय दिलाउने काम लडाकु जेट बिमान, स्वचालित अत्याधुनिक हतियार र अत्याधुनिक प्रक्षेपास्त्र(मिसाईल्स)हरुले गरिदिनेछन् ।
 हालैका बर्षहरुमा चीनले आफ्नो सैन्य शक्ति बृद्धि गर्नका निम्ति कतिपय ठूल्ठूला सैन्य सुधार पनि गरेकोछ । ती सुधार अन्तरगत चीनले अन्य देशहरुमा आफ्नो प्रभाव बिस्तार गर्न नौ सेना र वायु सेनलाई प्राथमिकता दिदै तिनको बिस्तार समेत गरेको छ । अहिले चीनले नयाँ रोबोट आर्मी पनि तयारी गरिसकेको छ र तिनको तैनाथी पनि भारतीय सीमा नजिक गर्न शुरु गरेको समेत भारतीय बिश्लेषकहरु औल्याएका छन् । आफ्नो यसै रक्षा नीतिमा चल्दै चीनले अमेरिकालाई पछाडि छोड्दै बिश्वको सबैभन्दा ठूला नौ–सैन्य शक्ति बन्न लागेको छ । बितेका दुइ तीन बर्षमा नै चिनीया नौ सेनामा जत्तिका युद्धपोत तथा पनडुब्बीहरु शामेल गरेको छ त्यत्तिका शायद अमेरिकासँग पनि छैन होला भन्ने अनुमान भारतीय सैन्य बिश्लेषहरु गररहेका छन् । यत्तिका हात हतियारको बढोत्तरी पछि पनि चीन त्यही अडेको छैन भन्दै भारतेलीहरु उसको रक्षा तागत बढाउने भोकले आउदो समयमा बिश्वलाई नयाँ युद्धमा धकेल्ने पनि बेर लाग्दैन भन्ने सन्देह समेत उनीहरु गर्दै छन् । 
 यी सबै सैन्य योजनाहरुका पछाडिको कारण के औंल्याइदैछ भने चीनको अमेरिका, ताइबान, जापान र भारतसँग जारी तनाव र हिन्द महासागरमा  तथा दक्षिण चीन सागरमा उत्पन्न हुने चूनौतिहरुको सामना गर्न चीनको सैन्य शक्ति कमजोर हुन नपरोस् । चीनका नीति नियन्ताहरुका अनुसार चीन सेनालाई अत्याधुनिक बनाउन केन्द्रित भएकाले नै यो रक्षा बजेट बढेको हो । चीनले आफ्नो दबदबा कायम राख्न र बढाउनका लागि नौसेनाको पहुँच समुद्र क्षेत्रहरुमा बिस्तार गरिरहेको हो । यस बर्षको रक्षा बजेटको मूख्य जोड नौसेनाको बिकासमा रहने बताइएको छ । किनभने दक्षिण चीन सागर र पूर्बी चीन सागरमा निरन्तर चीनको दाबी तथा सामुद्रिक आवागमनको दृष्टिले त्यस क्षेत्रमा तनाब निकै बढेको छ । यसका अतिरिक्त एशिया प्रशान्त क्षेत्रमा अस्थिर सुरक्षा स्थितिलाई ध्यानमा राखेर समेत त्यसको जबाफको हिसावले पनि तत्पर हुन चीन अग्रसर छ ।  यस प्रकार स्पष्ट हुन्छ कि चीन सैन्य क्षेत्रमा बिश्वका शक्तिशाली  देशहरुको तुलनामा सबैभन्दा अगाडि रहन चाहन्छ । त्यसैले होला, भारतले सतर्क रहुनु पर्ने चिन्ता भारतीय बिश्लेषकहरुको देखिन्छ । यद्यपि चीन सबै किसिमले सैन्य तयारीमा रहनुका पछाडि उसको आफ्नो सुरक्षा नै सबैभन्दा अगाडि र महत्वपूर्ण  छ । यहाँ के बिर्सनु हुँदैन भने चीनले अरुमाथि पहिलो पटक आणबिक हतियार नचलाउने र आणबिक हतियार प्रयोग नगर्ने नीति पनि सँंगसँगै दोहोर्याउदै आएको छ ।