बुधबार, भाद्र ३ गते २०८३

चित्रकला कविता हो, जसलाई देख्न सकिन्छ, तर सुनिँदैन । कविता चित्र हो जो सुनिन्छ तर देखिन्न.... : लियोनार्दो दा भिन्सी

चैत्र ३, २०८० शनिबार
चित्रकला कविता हो, जसलाई देख्न सकिन्छ, तर सुनिँदैन । कविता चित्र हो जो सुनिन्छ तर देखिन्न.... : लियोनार्दो दा भिन्सी
लियोनार्दो दी सर पिएरो दा भिन्सी (१४५२–१५१९) चित्रकारमात्र होइन १८ विभिन्न विधाका बहुविज्ञ प्रख्यात इटालियन इतिहास पुरुष हुन् । यिनले त्यही जमानामा हेलिकप्टर, ट्यांक, प्यारासुट जस्ता आधुनिक आविष्कारको पनि वैज्ञानिक परिकल्पना गरेका रहेछन् ।
विश्वप्रख्यात मोनालिसा चित्रकारी (तल्लो फोटो) उनकै सिर्जना हो । लियोनार्दोको पहिलो जीवनीकार भासारीका अनुसार यो लिजा गेरार्दिनी नामकी युवतीको तस्बिर हो। लिजा एक रेशम ब्यापारीकी श्रीमती थिइन्, जो इटलीको फ्लोरेन्समा बस्दथे । आफ्नो बाथरुममा राख्ने एउटा चित्र बनाउनका लागि उनलाई फ्रेन्च सम्राट फ्रान्सिस प्रथमले आदेश दिएका थिए । लियोनार्दोले यिनै मोनालिसाको तस्बिर बनाएर बुझाए ।
तर सम्राटबाट यो चित्र अस्वीकृत भयो । तत्कालिन विद्वानहरूको चर्चाको विषय बन्यो । कविहरूले अनेकौं कविता लेखेर कविताको वाहवाही कमाए । विस्तारै मोनालिसा चित्र फ्रान्सभरि चर्चित भयो । त्यसपछि सम्राटले मोनालिसाको खोजी गरे ।
लियोनार्दोलाई युरोपेली पुनर्जागरणको प्रतिक मानिन्छ। उनको जीवनका आखिरी दिन फ्रेन्च सम्राट फ्रान्सिस प्रथमले बक्सिस दिएको भव्य महलमा बित्यो । पेरिसको लुभ्र संग्रहालयमा लियोनार्दोको कलाकृति मोनालिसा, उनको जीवनकालमै राखियो। कलाकार जिवित रहँदै उसको कलाकृति सो संग्रहालयमा राखिएको यही एकमात्र उदाहरण हो।
उनको यो वाणी सन १९५१ मा प्रकाशित र १५४२ मा फ्रान्सिस्को मेल्जीले सँगालेको ‘चित्रकलाबारे एउटा ग्रन्थ’ (A Treatise on Painting) बाट झिकिएको हो । यस्तै विचार कवि नाट्यसम्राट् तथा चित्रकार बालकृष्ण समले आफ्नो कविता 'कविता र चित्र' मा पनि लेखेका छन् । लियोनार्दोकाे उक्त भनाईको पूर्ण रुप :
"Painting is poetry which is seen and not heard, and poetry is a painting which is heard but not seen. These two arts, you may call them both either poetry or painting, have here interchanged the senses by which they penetrate to the intellect."
पेरिस (फ्रान्स) को लुभ्र संग्रहालयको सर्वाधिक आकर्षण : यो लिजा गेरार्दिनी नामकी युवतीको तस्बिर हो। लिजा एक रेशम ब्यापारीकी श्रीमती थिइन्, जो इटलीको फ्लोरेन्समा बस्दथे । मोनालिसा, जुन कलाकृतिमा लियोनार्दो दा भिन्सी अमर छन् ।
साभार -गाैतमजीकाे मुहारपुस्तिका