प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाका बहुमतमत सांसदबाट विश्वासको मत पाएका छन्। सत्ता गठबन्धन फेरबदल भएसँगै प्रम दाहालले आज फागुन ३० गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने घोषणा गरेका थिए ।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा १५७ सांसदले समर्थन जनाए भने त्यस प्रस्तावको विपक्षमा ११० मत परेको छ। प्रतिनिधि सभामा बैठक कक्षमा कुल उपस्थित २६८ सांसद उपस्थित मध्ये मत नहाल्ने साँसद १ जना रहेका थिए ।
संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ ।
नेपाली काँग्रेस सहितको पुरानो गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले आफ्नो पार्टी माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहित ५ दलको नयाँ समीकरण बनाएका हुन् ।