हिमालयन बैंक लिमिटेडले २ वटा शाखा स्थान्तरण गरेको छ । सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा बुढानीलकण्ठ न.पा. वडा नं. ८ मा लगिएको छ । बंैकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका थिए ।
त्यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा नवलपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम काउण्टर, ६,५०० भन्दा बढी पीओएस र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।