शुक्रबार, कार्तिक ७ गते २०८३

म मेरा पितातर्फका मानिसको बारेमा केही जान्दिन , मलाई यतिमात्र थाहा छ उहाँहरू नेपालका हुनुहुन्थ्यो : भी.एस. नायपाल


फाल्गुण ३०, २०८० बुधबार
म मेरा पितातर्फका मानिसको बारेमा केही जान्दिन , मलाई यतिमात्र थाहा छ उहाँहरू नेपालका हुनुहुन्थ्यो  : भी.एस. नायपाल
साहित्यमा नोबेल पुरस्कार (२००१) पाएका त्रिनिदाद (वेस्ट इन्डिज) का ब्रिटिश लेखक सर विद्याधर सुरजप्रसाद (भी.एस्.) नायपाल (१९३१-२०१८) ले सो पुरस्कार ग्रहण समारोहमा दिएको प्रत्युत्तर भाषणको यो अंशले उहाँको भनाईलाई प्रष्ट पार्दछ,
 
....हामीले भारत वा पछाडि छोडिएका आफ्ना परिवारहरूका बारेमा सोधीखोजी नै गरेनौँ । जब हाम्रो चिन्तनशैलीमा परिवर्तन आयो, अनि हामीले जान्ने इच्छा राख्यौँ, तर ज्यादै ढिलो भइसकेको थियो । म मेरा पितातर्फका मानिसको बारेमा केही जान्दिन । मलाई यतिमात्र थाहा छ उहाँहरू नेपालका हुनुहुन्थ्यो रे । मेरो नाम मन पराएका एकजना गुणकारी नेपालीले दुई वर्षअघि (१९९९), १८७२ को बेलायती देश–देशावरको विवरण (गजेटियर) जस्तै भारत बनारसतिरको विवरण उल्लेखित एउटा कृतिका केही पाना पठाइदिनु भएको थियो । ती पानामा उल्लेखित नाम–समूहमध्ये पवित्र शहर बनारसका नेपालीहरूको नाम समुहमा ‘नायपाल’ भन्ने पनि उल्लेख रहेछ । मसँग भएको यतिमात्र हो ।”
 
 
(I know nothing of the people on my father's side; I know only that some of them came from Nepal. Two years ago a kind Nepalese who liked my name sent me a copy of some pages from an 1872 gazetteer-like British work about India, Hindu Castes and Tribes as Represented in Benares; the pages listed - among a multitude of names -those groups of Nepalese in the holy city of Banaras who carried the name Naipal. That is all that I have.)
लेखक नायपाल नेपाली मूलका थिए र उनका पुर्खा गोरखपुरबाट गएका हुन्, उनका सानिमाहरूको अनुहारबाट पनि ती नेपालको कुनै पहाडबाट आएका हुन् भन्ने झल्किन्थ्यो भनी उनको जीवनी लेखक प्याट्रिक फ्रेन्चले एक अन्तर्वार्तामा भनेको, २०११ नोभेम्बर २९ को ‘द काठमाण्डू पोस्ट’ मा छापिएको थियो ।
 
नायपाल, नेपाली मूल, बाहुन पुर्ख्यौलीका बृटिश नागरिक हुन् । उनले ५० वर्षको लेखन अवधिमा ३० भन्दा बढी आख्यान र गैरआख्यान पुस्तक लेखेका छन्। उनले १९८९ मा बेलायतबाट नाईटहुड तथा सरको उपाधि पाए ।
सन् १८४५ मा करिब सवादुई सय भारतीयहरू दक्षिण अमेरिकी टापु, त्रिनिदाद टोबागो (तस्बिर) मा पुगे । त्यसमा कतिपय नेपाली पनि थिए । करिब १४ लाख जनसंख्या भएको, दुवै अमेरिका महादेशका समृद्धतम् मध्येको पाँचौं समृद्ध देश, त्रिनिदाद टोबागोमा आज ३५ प्रतिशत भन्दा बढी भारतीय मूलका र २० प्रतिशत हिन्दू धर्मावलम्बीहरू बसोबास गर्दछन् । पेट्रोलियम तथा पेट्रोकेमिकल, कृषि, होटल तथा पर्यटन आदि यसको अर्थतन्त्रका प्रमुख आधार हुन्।
 
उनको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र पत्नी को निधन (१९९६) सम्म पहिलो वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नायपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। १९९६ मा उनले पाकिस्तानी पत्रकार नादिरासँग दोस्रो विवाह गरेका थिए ।
 साभार : गाैतमजीकाे मुहारपुस्तिका