हुन पनि त्यतिबेला नादेज्दा क्रुप्स्काया रुसको महान अक्टोबर समाजबादी क्रान्तिका नेता लेनिनकी जीवन साथी मात्रै थिइनन् त्यसभन्दा अझ बढी उनी सही अर्थमा सच्चा बोल्शेभिक क्रान्तिकारी महिला नेतृ थिइन् । वास्तवमा उनी १९१७ को बोल्शेभिक क्रान्तिका अग्रणी सेनानीहरुमा त्यति बेलै सामेल भएकी थिइन जतिबेला लेनिन र उनको पिढीका यूवा क्रान्तिकारीहरु समूह–समूह बनाएर मजदुर र बिद्यार्थीहरुका बीच काम गर्ने गर्दथे ।
क्रुप्स्काया त्यतिबेलै लेनिनको सम्पर्कमा आएकी थिइन् र १८९७ मा लेनिनको गिरफ्तारीको केही समय पछि उनलाई पनि गिरफ्तार गरिएको थियो । अनि जार शासकले केही समय पछि लेनिनलाई साइबेरिया निष्काशन गर्ने सजाय सुनायो । त्यतिबेलै लेनिनले क्रुप्स्कायालाई एउटा पत्र लेखेर बिबाहको प्रस्ताव गरेका थिए । जारकालीन नियम अन्तरगत लेनिनकी पत्नी बनिसकेपछि क्रुप्स्कायालाई पनि साइबेरिया पठाइएको थियो ।
रुसको १९०५ को असफल क्रान्ति पछि जार पुलिसको दमनबाट बच्नका लागि लेनिन बिदेश लागे । नादेज्दा क्रुप्स्काया पनि उनीसँगै गइन् । त्यहाँ नेतृत्वका कामरेडहरुसँग पार्टी निर्माण र क्रान्तिको योजनाका लागि पनि सहभागी बन्नुकासाथ क्रुप्स्काया यूरोपको महिला आन्दोलनमा पनि सक्रिय रहिन् । अनि रोजा लग्जेम्बर्ग, क्लारा जेटकिन, अलेक्सान्द्रा कोलोन्ताई, इमेसा आर्मा जस्ता अग्रणी समाजबादी महिला नेताहरुसँग मिलेर रुसको मात्रै होइन पूरै यूरोपको महिला आन्दोलनको लागि समेत महत्वपूर्ण योगदान दिइन् ।
महान अक्टोबर समाजवादी क्रान्तिपछिका निकै कठिन दिनहरुमा हर राजनीतिक संघर्षमा क्रुप्स्कायाले सही अडान लिदै संघर्षमा सहभागी भइरहिन् । कृषिको सामुहिकीकरणको प्रश्नलाई लिएर ट्रट्स्की,बुखारिन, जिनोभिए आदि नेताहरुको गलत लाइनको उनले डटेर बिरोध गरिन् र स्तालिनका सही नीतिहरुको समर्थन गरिन् ।
त्यतिबेला रुसमा आनातोली लूनाचास्र्की शिक्षा बिभागको कमिशार थिए भने क्रुप्स्काया शिक्षा बिभागको उप कमिसार थिइन् । त्यसबेला नादेज्दा क्रुप्स्कायाले यस बिषयमा महत्वपूर्ण सैद्धान्तिक योगदान दिइन् कि समाजबादी समाजमा प्रारम्भिक शिक्षा के कस्तो हुुनु पर्दछ र पोलिटेक्निकल(बहु–प्राबिधिक) शिक्षाको स्वरुप के कस्तो हुनुु पर्दछ ! अनि महिला मुक्तिका सवालमा क्रुप्स्काया लगातार सक्रिय रहिन् र लेनिनबादी नीतिहरु लागु गर्ने पक्षमा दृढ रहिन् ।
लेनिन र क्रान्तिकारी दिनहरुका बारेमा जति पनि सँस्मरणहरु लेखिएका छन् तिमध्येमा नादेज्दा क्रुप्स्कायाका संस्मरणहरुमा हामीलाई बोल्शेभिक क्रान्तिकारीहरुको फलामे दृढ चरित्रको निर्माणका सबैभन्दा जीवन्त अभिब्यक्ति मिल्दछन् ।
क्रुप्स्कायाको १४४औं जन्म तिथि २७ फेबु्रअरीम तथा ७४औ स्मृति दिवसमा २७ फेब्रुअरी १९३९को अवसरमा श्रद्धाञ्जली ब्यक्त गर्दै भारतको एउटा प्रगतिशील पत्रिका ‘मजदुर बिगुल’ले त्यसका पाठकहरुका लागि उनकै लेखनीबाट ‘कम्युनिष्ट नैतिकताका सम्बन्धमा लेनिनका बिचार’ आफ्ना पाठहरुलाई केही अंश प्रस्तुत गरेको छ ।
त्यसमा भनिएको छ – ‘लेनिनको सम्बन्ध त्यस पिढीसँग थियो जो पेशारेभ शेड्रिन, नेक्रासोभ, दोब्रोल्यूबोभ तथा चेर्नीशेब्स्कीको प्रभावमा उन्नाइसौं शताब्दीका सातौं दशकका क्रान्तिकारी जनवादी कबिहरुको प्रभावमा पालिएको वा परेको थियो । ‘ईस्क्रा’ (सेण्टपिट्सबर्गबाट १८५९ देखि लिएर १८७३ सम्म प्रकाशित हुने गरेको ब्यंग पत्रिका)का पुराना अर्धदास ब्यवस्थाका अबशेषहका निर्माताहरुसँग ठट्टा गर्ने गर्दथे, दुराचारिता, दासबृत्ति, चाकडी, धोकाधडी, सतहीपना तथा हाकिमगिरीको तौरतरीकामाथि कठोर ब्यंग प्रहार गर्दथे । १९औ शताब्दीका सातौ दशकका लेखक भन्ने गर्दथे कि जीवनको अझ बढी निकटबाट अध्ययन गरिनु पर्दछ र पुरानो सामन्ती ब्यवस्थाका अबशेषहरुलाई खोलेर सामुमा राखिदिनु पर्दछ । लेनिन आफ्नो प्रारम्भिक जीवनदेखि नै सतही, गफ लडाउने कुरालाई समयको ब्यर्थ बर्बादी, सामाजिक हितबाट पारिबारिक जीवनलाई अलग्गै राख्ने जस्ता कुरालाई मन पराउँदैनथे’ ।
वास्तवमा महिलाहरुलाई खेलबाडको बस्तु सरह या मनोरञ्जको बस्तु मान्ने, या आज्ञाकारिणी दासकोरुपमा प्रस्तुत गर्ने जस्ता कुराहरुप्रति लेनिन धेरै घृणा गर्दथे ।त्यस प्रकारको जीवनसँग उनलाई घृणा लाग्दथ्यो जसमा कुटीलता र अबसरबादिता रहेको हुन्थ्यो ।चेर्नीशेब्स्कीको उपन्यास ‘के गर्ने’सँग इलिचलाई बिशेष प्रेम थियो, शेड्रिनको तीब्र ब्यंग उनलाई धेरै मन पर्दथ्यो, ‘इस्क्रा’ का कबिहरुलाई उनले धेरै चाहन्थे । तिनका बिभिन्न कबिताहरु उनलाई यादै पनि रहेको हुन्थ्यो । नेक्रासोभसँग त उनी प्रेम नै गर्दथे ।
धेरै बर्षसम्म भ्लादिमिर इलिचले जर्मनी, स्वीटजरल्याण्ड, इंगल्याण्ड र फ्रान्समा प्रबासी भएर बस्नु परेको थियो । उनी मजदुरहरुको सभामा जाने गर्दथे र मजदुरहरुको जीवन कसरी चलिरहेको छ त्यसबारे गहिरो गरी अध्ययन अनुसन्धान गर्ने गर्दथे र के बुझ्रन कोशिश गर्दथे भने आफ्ना घर परिबारमा उनीहरु के कसरी बसोबासो गर्ने गर्दछन् । उनीहरुले छुट्टीको समय घुमघाम गरेर वा कसरी बिताउँदछन् भन्ने कुरा पनि हेर्दथे ।

त्यो लेखमा क्रुप्स्कायाले भनेकी छन् –‘परदेशमा हामीहरु बडो कठिन र गरीबीको स्थितिमा रहने गर्दथ्यौं । धेरैजसो हामीहरु सस्तो कोठामा बस्ने गर्दथ्यौं जहाँ बिभिन्न किसिका मानिसहरु रहने गर्दथे । हामी बिभिन्न किसिमका घरमालिकहरुकोमा बस्थ्यौं र सस्ता होटेलहरुमा खाना खाने गर्दथ्यौं । लेनिनलाई पेरिस(फ्रान्स)का त्यस्ता मनोरञ्जन चल्ने घर(कहवाघर) धेरै मन पर्दथ्यो । त्यहाँ गाना गाउनेहरुले आफ्ना जनबादी गीतहरुबाट पूजीवादी प्रजातन्त्र तथा दैनिक दिनचर्या लगायत जीन्दगीका बिभिन्न पक्षको तीब्र आलोचना गर्ने गर्दथे । मोण्टेगसका गीतहरु लेनिनलाई बिशेषरुपमा मन पर्दथ्यो । ती गायक एक जना कम्युनार्ड( पेरिस कम्युनमा भाग लिएका ब्यक्ति)का छोरा थिए । मूल शहरी क्षेत्रको बाहिरी किनारामा रहने गरेका मानिसहरुको जीन्दगीका बारेमा उनले राम्रो कबिता लेख्ने गर्दथे । एकदिन बेलुकीपखको एउटा भोजमा इलिच लेनिनले ती कबि मोण्टेगसलाई भेटे । अनि त उनीहरुले क्रान्ति, मजदुर आन्दोलन तथा सामाजका बारेमा आधारात बित्दासम्म कुराकानी गर्दै रहे । समाजबादले कस्तो किसिमले एउटा नयाँ जीवनको सृष्टि गर्ने हो अनि जीवनको समाजबादी पद्धति के हो जस्ता निकै गहन बिषयहरुमा उनीहरु राती अबेरसम्म कुराकानी गर्दै रहन्थे’ ।
नादेज्दाले अगाडि लेखेकी छन् –‘नैतिकताको प्रश्नलाई भ्लादिमिर इलिचले सदैब बिश्व–दर्शनका प्रश्नहरुसँग जोडेर हेर्दथे । २ अक्टोर १९२० यूवा कम्युनिष्ट लीगको तेश्रो महाधिवेशनमा आफ्नो भाषणमा भ्लादिमिर इलिच लेनिनले कम्युनिष्टहरुको नैतिकताको प्रश्नमाथि बिचार गरेका थिए र कम्युनिष्ट नैतिकताको मूल तत्वलाई स्पष्ट पार्नका निम्ति सरल र ठोस उदाहरण् दिएका थिए । आफ्ना श्रोताहरुलाई उनले भनेका थिए सामन्ती र पूँजीवादी नैतिकता मात्र धोकाबाजीको कुरा हो, उनीहरुको उदेश्य जमिन्दार र पूँजीपपितहरुको हितमा मजदुर र किसानको आँखामा धुलो झोक्ने र उनीहरुलाई मूर्ख बनाउनु हुन्छ । यसको बिपरीत कम्युनिष्ट नैतिकताको आधार सर्बहारा बर्गको बर्ग संघर्षको हिता हुन्छ ।उनले भनेका थए कि कम्युनिष्ट नैतिकताको लक्ष मानब समाजलाई उच्च स्तरमा लैजाने, श्रमको शोषणलाई अन्त्य गरिदिनु हुनु पर्दछ । कम्युनिज्मको संघर्षलाई सबल तुलाउनु तथा अनि अन्त्यमा त्यसको स्थापना गर्नु यही नै कम्युनिष्टहरुको नैतिकताको आधार हुने गर्दछ ।एकता आफुमाथि काबु राख्ने क्षमता नयाँ सामाजिक ब्यवस्थालाई सुदृढ तुल्याउनका लागि अबिश्रान्तरुमा काम गर्ने योग्यता, नयाँ सामाजिक ब्यवस्थालाई सुदृढ तुल्याउनका लागि अथकरुपमा आबश्यक काम गर्ने योग्यता, अनि यस लक्ष प्राप्तिका निम्ति सुदृढ एकता स्थापित गर्ने आवश्यकताको कत्तिको महत्व छ यसलाई स्पष्ट पार्नका लागि लेनिनले ठोस् उदाहरण दिएका थिए । यूवाहरुलाई लेनिनल भनेका थिए कि उनीहरु आफ्नो सारा शक्ति, सारा श्रमलाई उनीहरुले सामान्य लक्ष प्राप्तिको उदेश्यका लागि उत्सर्ग गर्नु पर्दछ’ ।
लेखमा अगाडि भनिएको छ ‘अनि यस कामलाई कस्तो किसिमले गर्नुपर्ने हो यसको आदर्श स्वयं लेनिनको आफ्नो जीवन थियो । वास्तवमा इलिच लेनिन अरु कुनै किसिमले रहनै सक्तैनथे, उनलाई थाहा थिएन किन अर्को कुनै किसिमले रहन सकिन्छ भनेर । यद्यपि उनी बैरागी, सन्यासी पनि त थिएनन् । त्यसैले स्केटिङ्ग गर्ने अर्थात बर्फमा चिप्लेटी खेल्न खेलमा भाग लिनु, तीब्र गतिमा साईकल हाक्नु, पर्बतारोहण गर्नु र शिकार खेल्नु उनलाई अत्यन्तै प्रिय लाग्ने कुरा थिए । संगीतप्रति पनि उनको असीम लगाव थियो । यस्ता सम्पूर्ण इन्द्रधनुषी सौन्दर्यका साथ जीवनसँग उनी प्रेम गर्दथे, आफ्ना साथीहरुसँग प्रेम गर्दथे । उनको सादगीपना, प्रसन्नतापूर्ण उनको संक्रामक हाँसोसँग हरेक परिचित छन् । तर उनीसँग सम्बन्धित प्रत्येक चीज एउटा मूख्य लक्षका अधिनस्थ थिए, ती त्यस संघर्षका अधिनस्थ थिए जुन सबैका लागि एउटा उज्वल, प्रबुद्ध, समृद्ध तथा सुखी जीवन श्रृटि गर्नका लागि गरिदै थियो । यस संघर्षको सफलताहरुबाट जत्तिका खुशी उनलाई हुने गर्दथ्यो त्यत्तिका अरु कुनै चिजबाट हुदैनथ्यो । उनको जीवनका निजी पक्ष उनको कामको सामाजिक पक्षबाट स्वभाविकरुपले मिल्नजान्थ्यो’ ।

म्याक्सिम गोर्कीको नाममा लेखिएको एउटा पत्रको अंश
२० सेप्टेम्बर १९३२
समाजबाद निर्माण्को अर्थ केवल एउटा बिशालकाय कारखाना र पिठो पिस्ने मिलको निर्माण गर्नु मात्रै होइन । यी चीज अबश्य आबश्यक छन्, तर समाजबादको निर्माण त्यत्तिले मात्र हुँन सक्तैन । आवश्यक छ कि मानिसको मस्तिष्क र मनको पनि बिकास गरिनु पर्दछ । अनि प्रत्येक ब्यक्तिको यस बैयक्तिक उन्नतिको आधारमा अन्ततोगत्वा एउटा नयाँ प्रकारको बलशाली समाजबादी सामुहीक इच्छाको श्रृष्टि गरिनु पर्दछ जस अन्तरगत ‘म’ र ‘हामी’ अभिन्नरुपले मिलेर एकाकार हुनजाउँन् । यस्तो प्रकारको सामुहीक इच्छाको बिकास गहिरो बैचारिक एकता तथा त्यत्तिकै गहिरो पारस्पपरिक सौहाद्र्र–भाव एबं आपसी समझदारीको आधारमानै मात्र गर्न सकिन्छ । अनि यस क्षेत्रमा कला र साहित्यले बिशेषरुपमा असाधारण भूमिका निभाउन सक्तछन् । माक्र्सको पूँजीमा एउटा अद्भूत अध्याय छ । (यहाँ क्रुप्स्काया ‘पूँजी’को तेरौं अध्याय ‘सहकारिता’ को गरिरहेकी छन्–सं) त्यसलाई यस प्रकारको सरलभन्दा सरल भाषामा म अनुबाद गर्न चाहन्छु जसलाई अर्धशिक्षित मानिसहरुले सही किसिमले बुझुन् । त्यो अध्याय सहकारिता सम्बन्धमा छ । त्यसमा मार्क्सले लेखेका छन् कि सहकारिताले एउटा नयाँ शक्तिको जन्म दिन्छ । त्यो नयाँ शक्ति जनतको कूल योग मात्र त्यसको शक्तिको कूल योग मात्र हुदैन, सर्बथा एउटा नयाँ अझ बी सबल शक्ति हुन्छ । सहकारिता सम्बन्धि आफ्नो अध्यायमा मार्क्सले नयाँ भौतिक शक्तिका बिषयमा लेखेका छ् । तर त्यसको आधारमा जब चेतना र संकल्प एकता हुन पुग्दछ त्यो एउटा अदम्य शक्ति बन्नजान्छ’ । यी सबै कुराले नादेज्दा क्रुप्स्कायाको महान ब्यक्तित्वको परिचय दिन्छ ।