नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएका छन् । दुई संस्था गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० देखि कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै गाभिएर बनेको लघुवित्तको फागुन ३० देखि एकीकृत कारोबार सुरु हुने जनाएको छ ।
१ बराबर १ को अनुपातमा यी दुई कम्पनीबीच मर्ज भएका हुन् ।लगानीकर्तासँग यी दुई कम्पनीको हाल कायम सेयर बराबर नै मर्जपछि बन्ने संस्थाको सेयर कायम हुनेछ । २०७९ पुसमा दुई कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धी सम्झौता भएको थियो भने २०८० कात्तिकमा राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
नेपालपत्र संवाददाता