चीनका राष्ट्रपति शी जिनपिङ्गले शांघाई सहयाेग संगठनमा सम्बाेधन गर्दै महत्वपूर्ण पाँच प्रस्ताब राखेका छन्र ।
शीका अनुसार, विगत बीस वर्षयता शांघाई सहयोग संगठनले “शाङहाई भावना”को पालना गरेर विश्व शान्ति तथा विकास र मानव प्रगतिका लागि संयुक्त रूपमा आपसी राजनीतिक विश्वासलाई बढाएको, सुरक्षा तथा स्थिरताको रक्षा गरेको, समृद्धि तथा विकासका लागि योजना बनाएको र अन्तर्राष्ट्रिय नैतिकता वहन गरी नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र मानव भाग्य समुदायको निर्माणका लागि महत्वपूर्ण अन्वेषण गरेको छ ।
हिजाे शाङहाई सहयोग संगठन नयाँ ऐतिहासिक सुरूवातमा रहेको भन्दै राष्ट्रपति शीले अझ घनिष्ट शाङहाई सहयोग संगठनको भाग्य समुदायको निर्माण गरेर दीर्घकालीन शान्ति तथा साझा समृद्धिका लागि अझ बढी योगदान दिनुपर्नेमा जोड दिए। उनले पाँच सूत्रीय प्रस्ताव प्रस्तुत गरेका थिए।
ती पाँच सूत्रीय प्रस्ताबमा पहिलाे, एकता र सहकार्यको बाटो दोस्रो, सुरक्षा र खतराको संयुक्त रुपमा सामना गर्ने बाटो हिँड्ने तेस्रो, खुलापन र पारस्परिक सम्पर्कको बाटो हिड्ने चौथो, एक अर्काबाट सिक्ने सिकाउने बाटो हिँड्ने र पाँचाै निष्पक्ष र न्यायको बाटो हिँड्पर्ने महत्वपूर्ण कुरा छन्।
शीले निरन्तर रुपमा विस्तार हुने “शांघाई सहयोग संगठनको ठूलो परिवार”ले विश्वका सबै प्रगतिशील शक्तिसँग मिलेर अगाडि बढ्ने, विश्व शान्तिको निर्माण गर्ने, विश्वको विकासका लागि योगदान दिने, अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने पक्षको रूपमा संयुक्त रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।
सबैले शांघाई सम्भावनाको पालना गरी प्रारम्भिक इच्छा नबिर्सने, कठिनाइ पार गर्दै अगाडि बढ्ने, शांघाई सहयोग संगठनको विकासको नयाँ प्रक्रिया शुरु गर्ने कुरा उनले बताए।
वर्तमान अध्यक्ष देश ताजिकिस्तानका राष्ट्रपतिले बैठकको अध्यक्षता गरेका थिए। कजाकिस्तानका राष्ट्रपति, किर्गिजिस्तानका राष्ट्रपति, पाकिस्तानका प्रधानमन्त्री, उज्वेकिस्तानका राष्ट्रपतिलगायत राष्ट्राध्यक्षहरू, शांघाई सहयोग संगठनका महासचिव, क्षेत्रीय आतंकवादविरोधी परिषदको कार्यान्वयन समितिका प्रमुख लगायत स्थायी संस्थाका जिम्मेवारहरू, पर्यवेक्षक देशका नेतागण आदि बैठकमा सहभागी थिए। रूसी राष्ट्रपति, भारतीय प्रधानमन्त्री, मंगोलियनका राष्ट्रपति, राष्ट्रसंघीय महासचिवले भिडियोद्वारा बैठकमा सहभागिता जनाएका थिए।
सदस्य देशका नेतागणले “शांघाई सहयोग संगठनको बीसौँ वार्षिकोत्सवमा दुशान्बे घोषणा-पत्र ”मा हस्ताक्षर गर्नुका साथै अनेकन निर्णय पारित गरेका छन्। बैठकले विज्ञान तथा प्रविधिको नवीनतम्, खाद्य सुरक्षालगायत क्षेत्रमा सहयोगसम्बन्धी वक्तव्य पनि जारी गरेको छ।