शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्रका बारेमा जानकार रहेको र समाधानको लागि काम गर्ने अर्थमन्त्री पुनको प्रर्तिवद्धता


फाल्गुण २४, २०८० बिहीबार
अर्थतन्त्रका बारेमा जानकार रहेको र समाधानको लागि काम गर्ने अर्थमन्त्री पुनको  प्रर्तिवद्धता


नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै  अर्थतन्त्रका समस्या बारे जानकार रहेको र त्यसको समाधानका लागि  लागि पर्ने बताएका छन् । विगतका आफ्ना अनुभवलाई समेत प्रयोग गरेर काम  गर्ने उनले बताए ।आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले  जनाए ।

अर्थमन्त्री पुनले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।

त्यस्तै ग्रीन क्लाइमेट फन्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।