आइतबार, कार्तिक ९ गते २०८३

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

फाल्गुण २४, २०८० बिहीबार
स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

 गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना  गरी  कारोबार शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम  मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।