नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार उच्चतम मूल्य १ लाख २३ हजारमा कारोबार भएकोमा बुधबार १ लाख २३ हजार ५०० पुगेको हो ।
मंगलबारकाे रेकर्ड ब्रेक गर्दै बुधबार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य भने घटेर १४ सय ४० रुपैयाँ प्रतितोला कायम भएको छ।