लेखनीको नाम 'भोल्तेयर'का रुपमा सुपरिचित फ्रान्सिसी इतिहासकार,दार्शनिक एवं लेखक फ्रान्सिस मारी अराउत (१६९४-१७७८) विलक्षण प्रतिभाका चिन्तक हुन् । उनले भोल्तेयर ('युवा')अर्थ लाग्ने नाम १७१८ मा अपनाएका हुन्। उनी तत्कालीन राज्यव्यवस्थाका विद्रोही हुन् । लेखकीय जीवनमा उनले १७८ वटा उपनामहरु पनि अपनाएको पाइन्छ । उनले २० हजार पत्र लेखे,२ हजार पुस्तक पुस्तिका र पम्प्लेट लेखे । कविता, निबन्ध, नाटकमा पनि उनको उत्तिकै दखल थियो ।
उनले क्याथोलिक चर्च, इसाई र चर्चहरुको राज्यमा नियन्त्रणमाथि पनि त्यत्तिनै धुँवाधार आवाज उठाए । राज्यमा इसाईहरुको दबदबाका उनी बिरोधी थिए र धार्मिक स्वतन्त्रताको वकालत गर्दथे । सन् १७७६ मा राजा फ्रेडरिक दोस्रोलाई लेखेको उनको पत्रले इसाई धर्म के हो भन्ने राम्रो चित्रण गर्दछ । त्यसमा भनिएको छ, "हाम्रो धर्म खासमा अत्यन्त हास्यास्पद, एकदमै असंगतिपूर्ण र पूरै मूर्खतापूर्ण धर्म हो, जसले यसअघि यो विश्वलाई यति आक्रान्त पारेको थिएन।" उनको प्रख्यातीप्रति क्रुद्ध संस्थापन पक्षले नाम फेर्न दबाब दियो । तर उनी मानेनन् । उनलाई कठोर काराबासको सँजाय दिन खोजियो, तर अन्त्यमा बेलायत निर्वासनमा वैकल्पिक सँजायको रुपमा पठाइयो ।
साढेदुई वर्षको निर्वासनपछि भोल्तेयर फ्रान्स फर्किए । माथिको उक्ति उनलाई राज्यले मुद्दा लगाएको बेला भनिएको हो । पम्प्लेट र पत्रहरुमा पनि उनले यो वाक्य लेखेको पाइन्छ । मर्ने बेलामा उनले भनेको यो वाक्य चर्चित छ, "म ईश्वरप्रति भक्ति गर्दै,आफ्ना साथीहरुलाई स्नेह गर्दै, मेरा शत्रुलाई तिरस्कार नगरी अन्धविश्वासलाई घृणा गर्दै मर्दछु ।"
चन्द्रमणि गाैतम