आइतबार, आश्विन १८ गते २०८३

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन शुरू


फाल्गुण २१, २०८० सोमबार
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन शुरू

बेइजिङ्ग । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक बेइजिङ्रगस्थित जन बृहत् सभा भवनमा शुरू भएको छ। अर्थतन्त्र, सँस्कृति, शिक्षालगायत ३४ क्षेत्रका करिब २१०० सदस्यहरू भेला भएर चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणका लागि राय–सुझाव दिएका छन्।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ विशेषतायुक्त व्यवस्था हो। यो चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनीतिक परामर्श सम्बन्धी महत्वपूर्ण संस्था हो। चिनियाँ राजनीतिक जीवनमा सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको साकार गर्ने यो महत्वपूर्ण तरिका हो र राष्ट्रिय शासन प्रणालीमा महत्वपूर्ण विभाग पनि हो।

ethnicpeople.jpg

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति यो व्यवस्था व्यवहारमा उतार्ने राष्ट्रिय संस्था हो। यो चिनियाँ कम्युनिष्ट पार्टी, विविध प्रजातान्त्रित पार्टीहरू, गैर–पार्टीका व्यक्तिहरु, जन समुदाय, विविध अल्पसंख्यक जाति र विविध क्षेत्रका प्रतिनिधिहरू, थाइवान देशबन्धु, हङ्कङ तथा मकाउ देशबन्धु र विदेशबाट फर्केका चिनियाँहरूका प्रतिनिधि र विशेष निमन्त्रणा गरिएका व्यक्तिहरूबाट गठित भएको छ । 

बिभन्न न्यूज एजेन्सीहरू