आइतबार, आश्विन १८ गते २०८३

बदलियो सत्ता समीकरण, काँग्रेस छाडेर एमालेसँग जोडियो माओवादी

फाल्गुण २१, २०८० सोमबार
बदलियो सत्ता समीकरण, काँग्रेस छाडेर एमालेसँग जोडियो माओवादी

सत्ता समीकरण बदलिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्तामा सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेससँगकाे यस अघिकाे गठबन्धन टुटेको हो।

आइतबार राति अबेरसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । गत वर्ष मंसीरको ४ को चुनावपछि पौष १० मा माओवादी र एमालेबीच समीकरण बनेको थियो । सोही गठबन्धनलाई आधार मानेर पुन: नयाँ समीकरण बन्ने भएसँगै प्रचण्डले प्रधानमन्त्रीमा सिट सुरक्षित गरेका छन् । 

नयाँ गठबन्धनमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि रहने जनाइएको हो । नयाँ बन्ने सरकारमा जिम्मेवारी तोक्न बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । काँग्रेस सँगको गठबन्धनमा यस अघि रहेका मन्त्री फिर्ता हुने र नयाँलाई जिम्मेवारी दिने तयारी रहेको गठबन्धन निकटहरुले बताएका छन् ।