शनिबार, आश्विन १७ गते २०८३

खल्ती क्यु आरमा भारतीय वालेटबाट पनि भुक्तानी लिन सक्ने


फाल्गुण १७, २०८० बिहीबार
खल्ती क्यु आरमा भारतीय वालेटबाट पनि भुक्तानी लिन सक्ने


 
नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यससँगै खल्तीले फोन पेसँगको सहकार्यमा भारतीय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरी खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ ।

खल्तीले, नेपालको भुक्तानी नेटवर्क फोन पे सर्भिसेज र र भारतको नेशनल पेमेन्ट कर्पोरेशनसँगको सहकार्यमा, नेपाल–भारतबीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

खल्तीको यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब फोन पे, भीम पे जस्ता एनपीसीआई अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन् । 

केहि समयमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतीय बजारमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने सुविधा ल्याउन लागिएको खल्तीले जनाएको छ ।