शुक्रबार, कार्तिक ७ गते २०८३

गाजामा अर्को ठूलो मानबीय संकट रोक्न चीनको आह्वान


फाल्गुण १७, २०८० बिहीबार
गाजामा अर्को ठूलो मानबीय संकट रोक्न चीनको आह्वान

बेइजिङ्ग । संयुक्त राष्ट्र संघका लागि चिनीयाँ प्रतिनिधि मण्डलका अस्थाई दूत ताई पिङ्गले अन्तराष्ट्रिय समुदायसँग गाजामा  अर्को एउटा ठूलो मानबीय बिपत्ति रोक्नका लागि नागरिकहरुको सुरक्षा र जीवन बचाउने कारबाही गर्न आहवान गरका छन् ।
ताई पिङ्गले संयुक्त राष्ट्र सुरक्षा परिषदको एउटा सार्वजनिक बैठकमा भने कि गाजमा चार महिनाभन्दा बढी समयदेखि जारी संघर्षमा झण्डै ३० हजार नागरिक मारिएका छन् । स्थितिले गाजामा लाखौं मानिसहरुको आधारभूत सुरक्षा र जीवित रहनका लागि आवश्यक आपूर्ति बिनै छोडिदिएको छ, जसबाट उनीहरुले मृत्यु, भोकमरी र बिमारीको  खतराको निरन्तर सामना गर्नु परिरहेको छ । गाजाका यी घटनाहरुले अन्तर्राष्ट्रिय कानुन र मानबीय नैतिकताको गम्भीर उल्लंघन भइरहेको दर्शाउँदछ । 
ताई पिङ्गले थप भनेका छन् गाजामा मानिसको अस्तित्वका लागि  मानबीय सहायताहरु महत्वपूर्ण छन् । चीनले इजरायलसँग जिनेभा कन्भेन्सनमा उल्लिखित कब्जा गर्ने शक्तिकारुपमा आफ्नो दायित्व पूरा गर्न र सुरक्षा परिषदका प्रस्तावहरुलाई कार्यान्वयन गर्न आहवान गरेको छ ।
यसमा मानबीय आपूर्तिहरुको सुरक्षित, तीब्र र सुचारु प्रबिष्टि सुनिशिचत गर्नका लागि भूमि, समुद्र र हवाई सबै क्षेत्रका बाटोहरु खोल्ने कुरा पर्दछ । चिनीयाँ दूत ताई पिङ्गले थप के पनि भनेका छन् भने प्यालेस्टिनी शरणार्थीहरुका लागि यूनआरडब्लुएले एउटा अपरिहार्य र अपूरणीय भूमिका निर्बहन गर्दछ । 

श्राेत बिभिन्न एजेन्सी