नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बैंकको ऋण तिर्दिन भनेर आन्दोलन भएको र त्यसको असर लघुवित्तमा बढी परेको बताए । नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनले बैंकविरुद्ध आन्दोलन भइरहँदा पनि सरकारले सहयोग नगरेको गुनासो गरे ।
उनले पछिल्लो समय बैंकको व्याजदर घट्दो क्रममा रहेको र यसले बैंकिङ क्षेत्रलाई स्थीर बनाउनुका साथै व्यवसायीलाई फाइदा पुग्ने बताए । उनले भने, ‘११ प्रतिशतभन्दा बढी रहेको ब्याजदर अहिले साढे ५ प्रतिशतमा रहेको छ । यसले बैकिङ क्षेत्रलाई स्टेबल बनाउने छ ।’पछिल्लो समय आरओई घटेको, वितरणयोग्य नाफा घटेको भन्दै केसीले यसलाई कसरी रोक्ने भन्ने चिन्ता बढेको बताए अहिले बैंकको ऋण नउठ्दा केही समस्या आउने उनको भनाई छ ।
नेपालपत्र संवाददाता